काठमाडौं १५ माघ । नेकपा एमालेका सांसद रघुजी पन्तले आर्थिक मन्दीको मारमा मिडिया परेको बताएका छन् । सोमबार सार्वजनिक प्रशारण विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा बोल्दै उनले विज्ञापन घट्दा मिडिया समस्यामा परेको बताए । उनले यसलाई समेटेर सरकारले नीति नियम बनाउनुपर्ने धारणा राखे ।
सांसद पन्तले दुई\चार मिडियाबाहेक अन्य मिडियाले कर्मचारीलाई तलब खुवाउन नसकेको बताए । पीडामा श्रमजीवी पत्रकार परेको धारणा उनको थियो ।
“यहाँ भएका केही पत्रकारबाहेक अधिकांशले महिनौ तलब पाउनुभएको छैन, साथीहरूले नभने पनि,” उनले भने, “विज्ञापनको मारमा सञ्चारमाध्यम छ । अनलाइनमा पनि विज्ञापन छैन र फेसबुकमा गएको छ । सरकारले यसलाई समेटेर ऐन बनाउनुपर्छ ।”
प्रतिक्रिया दिनुहोस्