ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘विमानस्थलमा हानाहान’को अन्तर्य– मोक्तानले ‘ड्युटी अफिसर’ लाई पनि कुटेको आरोप


एबीसी न्यूज

काठमाडौं १४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार प्रहरीसँग हानाहानमा उत्रिएका अध्यागमन अधिकृत छायालाल मोक्तानका निम्ति यो पहिलो घटना नभएको खुलेको छ ।

केही दिन अघिमात्रै विमानस्थल पास इकाइका ‘ड्युटी अफिसर’ गोपाल घिमिरेमाथि समेत हातपात गरेको प्रहरी बताउँछ ।

प्रहरीका अनुसार, पाससम्बन्धी विवाद हुँदा घिमिरेमाथि उनले हातपात गरेका थिए । उक्त प्रकरणबारेसमेत छानबिन भइरहेको छ । घिमिरेमाथि हातपात गरेको केही दिनभित्रै मोक्तानले प्रहरीसँग हानाहानमा संलग्न भएको भिडियो सार्वजनिक भएको हो ।

गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले अध्यागमन अधिकृत मोक्तानका यसअघिका गतिविधिबारे पनि समितिले छानबिन गर्ने जानकारी दिए । उनले भने, ‘‘समितिको सिफारिशअनुसार मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउँछ ।’’

अध्यागमनका अधिकृत मोक्तानलाई शुक्रबार प्रहरीले जाँच गर्ने क्रममा विवाद हुँदा प्रहरी र उनीबीच हात हालाहाल भएको थियो । विमानस्थल प्रहरीका एसपी पदम विष्टका अनुसार, अध्यागमन अधिकृत मोक्तान अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरबाट एराइभलतिर आइरहेका थिए ।

त्यहीबेला वाक थ्रू ९एक्स–रे० गेट पासको चेकिङमा रहेका प्रहरी जवान रविरन्जन गुप्ताले मोक्तानको शरीर जाँचगर्न खोज्दा विवाद सृजना भएको थियो । त्यहाँ विवाद देखेपछि प्रहरी सहायक निरीक्षक ९असई० सन्जय तामाङसमेत एक्स–रे गेटमै पुगे ।

असई सन्जय तामाङ पुगेपछि अध्यागमनका अधिकृत छायालाल मोक्तानले जवान गुप्तामाथि लात्ती प्रहार गर्दै बारिरिएको क्लोज सर्टिक ९सीसीटीभी० फुटेजमा देखिन्छ । प्रहरी जवान गुप्तासहित असई तामाङले समेत मोक्तानमाथि हातपात गरेको दृश्य सीसीटीभी फुटेजमा देखिन्छ ।

घटना लगत्तै प्रहरी र आफ्ना कर्मचारी मोक्तानको विवादबारे सीसीटीभी फुटेज हेर्न गएका अध्यागमन प्रमुख गोगनबहादुर हमालमाथि समेत प्रहरीले अभद्र व्यवहार गरेको उनको दाबी छ ।

गृहमन्त्रालयअन्र्तगतका दुई छुट्टाछुट्टै निकायबीच विवाद डिय्टीमै छताछुल्ल हुनु गम्भीर घटना भएको प्रहरीको दाबी छ । अझ त्यसमाथि अन्तर्राष्ट्रिय विमानस्थलजस्तो सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएको क्षेत्रमा ।

विवादबारे छानबिन गर्न गृहमन्त्रालयले शुक्रबार मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइसकेको छ ।

तीन दिनको समयसीमा दिएको उक्त छानबिन समितिमा प्रहरी नायव महानिरीक्षक ९डीआईजी० राजेशनाथ बाँस्तोला र गृहमन्त्रालयलकै उपसचिव कुलबहादुर जीसी सदस्य छन् । उनीहरूले आइतबार ९आज० बाट छानबिन थालेका छन् ।

मंगलबार छानबिन प्रतिवेदन गृहमन्त्रालय बुझाउने छन् । घटनामा संलग्न प्रहरी र अध्यागमनका अधिकृत मोक्तान दुवै पक्षलाई छानबिन समितिले सोधपुछका लागि बोलाएको छ । विमानस्थल प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अर्जुन चन्द ठकुरीले घटनाबारे छानबिन समितिले काम थालिसकेकाले आफूले प्रक्रिया दिन उपयुक्त हुने बताउँछन् ।

भिजिट भिसा कडाई गर्दाको टकराव

त्रिभुवन विमानस्थल प्रहरीका अनुसार, अध्यागमनका कर्मचारी र प्रहरीबीचको टकरावको नाभी भने भ्रमण प्रवेशाज्ञा ९भिजिट भिसा० सँग जोडिएको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिजिट भिसामा खाडी मुलुक जाने तर अवैध तरिकाले उतै लुक्ने घटना बढेपछि सक्रियता बढाएको हो । त्यसपछि भिजिट भिसामा जाने यात्रुमाथि चेकजाँच कडाईं मात्रै गरेन, भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीलाई पक्राउ गर्‍यो ।

अनुसन्धान कार्यालयको टोलीले २६ मंसिरमा नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो ।

भिजिट भिसामा नक्कली कागजातका आधारमा पठाउने गिरोहमाथि काठमाडौं प्रहरीले कीर्ते तथा संगठित अपराधमा अनुसन्धान गरको थियो । आइतबार ५७ दिनमा काठमाडौं प्रहरीले संगठित अपराध अनुुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं बुझाएको छ ।

जसमा पक्राउ परेका अध्यागमन अधिकृत खड्का, अध्यागमनबाट हाल सरुवा भइ गृहमन्त्रालय पुगेका अधिकृत ताराबहादुर कुँवरसहित अन्य सातजना कर्मचारीलाई प्रतिवादी बनाइएको छ । त्यही कारण विमानस्थल अध्यागमनका कर्मचारी प्रहरीसँग असन्तुष्ट छन् ।

प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका अध्यागमनका अधिकृत खड्काले भिजिट भिसामा जानेहरूसँग सेटिङमा मिलाएर रकम उठाउन छुट्टै ‘टिम’ बनाएको र आफूले रकम उठाएर सबै कर्मचारीले बाँडेर लिने गरेको बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीले मंसिरमा मात्रै भिजिट भिसामा ‘सेटिङ’ गरेर पठाउने अध्यागमनका कर्मचारी ट्राभल, कन्सल्टेन्सी र म्यानपावरका सञ्चालकहरू गरेर ३२ जनाभन्दा बढीलाई मुद्दा चलाएको थियो । नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूबाट अध्यागमन विभागका कर्मचारीले घुमाउरो बाटोबाट एक दिनमै करोड रुपैयाँसम्म उठाउने गरेको प्रहरीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com