काठमाडौं १४ माघ । नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद् बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा बैठक सुरु भएको हो ।
आजको बैठकमा विधान संशोधनको प्रस्तावमाथि छलफलका लागि समूह विभाजन हुने बताइएको छ । साँझसम्म छलफल हुने महासचिव घनश्याम भुसालले बैठकमा जानकारी गराए ।
भोलि सोमबार बिहान ११ बजे बस्ने बैठकमा समूह छलफलको निष्कर्ष प्रस्तुत हुने भुसालले बताए । भोलि नै बैठक सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्