ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटको ४ पालिकामा हजारौको न्यानो राहत वितरण गर्दै माण्डवी


एबीसी न्यूज

रौतहट,  १३ माघ ।   रौतहटमा संस्था माण्डवीले राहत वितरणको कार्य द्रुत गतिमा अगाडि बढाएको छ। माण्डवीको अगुवाई र एफ सी डी ओ र स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा शीत लहर परियोजना अन्तर्गत चिसोबाट प्रभावित घरपरिवारहरुलाई माण्डवीले शुक्रबार देखि राहत वितरण गर्ने कार्य शुरु गरेको हो ।

रौतहट जिल्लाका गौर नगरपालिका, परोहा नगरपालिका तथा ईशनाथ नगरपालिका र सर्लाही जिल्लाका धनकौल गाँउपालिकामा गरी ४ वटा पालिकाहरुका शीत लहर परियोजना अन्तर्गत करिब ५०० जनालाई राहत वितरण गर्ने कार्यक्रम रहेको सँस्थाको अध्यक्ष अन्जु झाले बताइन  ।

राहत वितरण कार्यक्रम अन्तर्गत माण्डवीले शुक्रबार परोहा नगरपालिकाको १ नं. वडाका ३१ जना घरपरिवारबाट वितरण गरेको बताउदै अध्यक्ष झाले शील लहरबाट राहत कार्यक्रम अन्तर्गत २ चरणमा राहत वितरण हुने प्रष्ट पारिन् ।पहिलो चरणमा करिव र८००० बराबरको न्यानो कपडा तथा दोस्रो चरणमा ६ हजार ५ सय बराबरको खाधान सामाग्रीहरु वितरण हुने माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले बताए । राहत सामाग्रीहरुमा ज्याकेट, उनीका सुईटर, उनीका मोजा, थर्मश, तातो पानी राख्ने थर्मस , सिरक(फोम) २ केजी, सिरक(कपास) ६ देखि १० केजी, पि फम ( ६.५ फिट लम्वाई), त्रिपाल १२\१८, तातो पानी राख्ने (हट वाटर ब्याग), डसना, ऊनको टोपी, बाक्लो मोजा, ऊनको स्वीटर, भित्री न्यानो कपडा(थर्मोकोट सेट), बाक्लो ज्याकेट, बाक्लो टाउजर, बच्चाको न्यानो कपडा(जम्पर), ऊनको पन्जा, चप्पलहरु ऋख्ब् कार्डका माध्यमबाट लाभग्राहीहरुको छनोट अधारमा वितरण गरिने माण्डवीका कार्यक्रम सँयोजक मुनिलाल बैठाले बताए ।  चिसो र शितलहतको यो प्रतिकुल मौसममा माणडबीले गरिरहेको न्यानो राहत वितरण कार्यको जति सराहना गरेपनि कम हुने परोहा नगरपालिकाको मेयर शेख वकिलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com