ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य सचिव भन्छन्– कतिपय निर्णय नै गलत छन्


एबीसी न्यूज

काठमाडौं १२ माघ । सरकारले सबै स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पताल निर्माणको काम सुरु गरेको तीन वर्ष पूरा भइसक्दा पनि अलपत्र छ । सरकारले दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गर्नेगरी २०७७ मंसिरमा एकैपटक ३९६ वटा अस्पतालको शिलान्यास गरेको थियो । तर तीन वर्ष पूरा हुँदा ३१५ वटा अस्पताल निर्माणाधीन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

हालसम्म निर्माणकार्य सकेर कुनै पनि अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरेको मन्त्रालयको रेकर्डमा छैन । अधिकांस स्थानीय तहमा जग्गा प्राप्ति नै समस्या बनेको स्वास्थ्यसचिव डा। रोशन पोख्रेल बताउँछन् । सबै स्थानीय तहमा अस्पताल बन्नु पर्ने अथवा नपर्ने भन्ने अझै अन्योल रहेको र यसमा नीतिगत निर्णय हुुनुपर्ने उनको भनाइ छ ।

स्थानीय तहहरूले सिलिङभन्दा माथि गएर बजेट माग गर्न थालेपछि अस्पताल निर्माणको काम अघि बढाउनेरनबढाउने भन्ने अन्योल थपिएको सचिव पोख्रेल बताउँछन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको माघ ९ गतेको बैठकमा सचिव पोख्रेलले कतिपय अस्पताल पुनसंरचना गर्दा पनि हुने अवस्थामा रहेको बताएका थिए । तर जनप्रतिनिधिको दबाबले नयाँ बनाउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

पूर्वाधार बने पनि जनशक्ति व्यवस्थापन सरकारका लागि अर्को चुनौति बनेको छ । स्थानीय तहले जनशक्ति व्यवस्थापन गर्नेगरी जनशक्तिको खाका तयार पारे पनि हालसम्म नयाँ दरबन्दी खोलिएको छैन ।

अधिकांस स्थानीय तहको आफैँ जनशक्ति राख्नसक्ने क्षमता नहुँदा केन्द्र सरकारलाई दबाब बढेको छ । आवश्यकता, जनशक्ति र आर्थिक स्रोत समेत सुनिश्चित नगरी एकैपटक धेरै अस्पताल निर्माणको निर्णय लिनु नीतिगत त्रुटि भएको डा। पोख्रेलको तर्क छ ।

हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत ३१ हजार पाँचसय दरबन्दी छ । जसमा ८० प्रतिशत स्थानीय तहमा समायोजन गरिएको छ । स्वास्थ्यमा तत्काल ३२ हजार जनशक्ति थप्नुपर्ने आवश्यकता रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताउँदै आएका छन् ।

मन्त्रालयले २०७५ सालदेखि प्रत्येक वर्ष ओएनएम सर्भे गरे पनि नयाँ दरबन्दी भने खुलाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com