ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थुनुवालाई भगाएर आफू पनि भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ


एबीसी न्यूज

काठमाडौ १२ माघ । लागु औषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका तत्कालीन प्रहरी जवान विरवल राय यादव १६ वर्षपछि पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई २०६४ सालमा भगाएर आफू पनि भागेका यादव यही माघ ११ गते पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले नेपाल–भारत सिमानाको काकडभिट्टाबाट माघ पक्राउ परेको हो ।उनलाई काठमाडौं ल्याएर माघ १२ गते ९शुक्रबार आवश्यक कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।रौतहटको पथरावुधराम–३ घर भई सोही कार्यालयको हिरासत कक्षमा कार्यरत प्रहरी जवान यादवले नक्कली चिट आफैं बनाई आफैंले फिल्ड अधिकृत इन्सपेक्टरको किर्ते दस्तखत समेत गरी इन्सपेक्टर साबले बोलाउनु भएको छ भनी हिरासत कक्षबाट हतकडी सहित बाहिर निकालेर भगाएका थिए ।

प्रहरी निरीक्षकको किर्ते दस्तखत गरी प्रहरी जवान यादवले आलमलाई हिरासतबाट निकाली कालिमाटी–कलंकी–बुटवल हुँदै भारतको भारतको रक्सौल पुर्याएका थिए ।त्यसवाफत उनले तत्कालीन समयमा ६ लाख २५ हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । त्यो रकमबाट यादवले भारतको कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउन सुरु गरेका थिए । अहिले उनीसँग नौ वटा ट्याक्सी, भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत रहेको प्रहरीले जनाएको छ । उनी भारतको कलकत्तामा श्रीमतीसहित बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com