ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदानमा नगई प्रमुख प्रशासकीय अधिकृतसहित विभागीय प्रमुखसँगको छलफलमा बालेन्द्र


एबीसी न्यूज

काठमार्डौ ११ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने भएका छन्। राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशको मतदान बिहान ९ बजेदेखि हेटौँडामा भइरहेको छ।  तर, मेयर शाह भने काठमाडौँमै छन्।

मेयर शाह कार्यव्यस्तताका कारण हेटौँडा जान नपाएको उनको सचिवालयले जनाएको छ। स्रोतका अनुसार उनी बिहीबार दिनभर काठमाडौँ महानगरपालिकामै हुनेछन्।

 

नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि बिहीबार आज०का लागि विभागीय प्रमुखसहितको छलफल तय गरिएको छ।

‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि उहाँसहित विभागीय प्रमुखसँग आज बैठक तय भएको छ। यही कार्यव्यस्तताका कारण उहाँ जान नभ्याउने हुनुभएको हो,’ अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियारलाई नियुक्त गरेको थियो।

परियारले हिजो बुधबार पदबहाली गरेका थिए। पदबहालीपछि परियारले पहिलोपटक मेयरसहित विभागीय प्रमुखहरूसँग छलफल गर्दैछन्।

मेयर शाह बागमती प्रदेशका मतदाता हुन। यसअघि पनि गत ४ मंसिरमा भएको निर्वाचनमा उनले प्रदेशतर्फ मतदान गरेका थिएनन्। काठमाडौँ महानगरपालिका– स्थित अन्नपूर्ण मतदानस्थलमा उनले सुरक्षाकर्मीले इशारा गर्दा पनि भोट नहाल्ने भन्दै फर्किएका थिए।

उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौँडा गएकी छिन्। डंगोल एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् भने मेयर शाह स्वतन्त्रबाट निर्वाचित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com