काठमार्डौ ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ । यहाँ शतप्रतिशत मतदान भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए । दिउँसो ३ बजेसम्म मतदानको समय भए पनि त्यसअघि नै शतप्रतिशत मत खसेको उनले बताए ।
प्रदेशसभा सदस्य ४० र गाउँपालिकाका अध्यक्षरउपाध्यक्ष र नगरपालिकाका प्रमुखरउपप्रमुख १५६ गरी कुल १९६ जनाले मतदान गरेका हुन् ।
कर्णालीमा तीन पदका निम्ति निर्वाचन भएको हो । दिउँसो ३ बजेपछि मतगणना सुरु गरिने रावलले बताए ।
प्रतिक्रिया दिनुहोस्