ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एथ्लेटिको बिल्बाओसँग पराजित हुँदा कोपा डेल रेमा बार्सिलोनाको चुनौती समाप्त


एबीसी न्यूज
माघ ११, २०८० बिहीबार  १ : ५० बजे

काठमार्डौ ११ माघ । एथ्लेटिको बिल्बाओविरुद्ध ४–२ को हारपछि ला लिगा च्याम्पियन बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति सान मेम्समा भएको खेलमा २–१ को अग्रता जोगाउन नसक्दा बार्सिलोनाको चुनौती अन्तिम–८ बाटै सकिएको हो ।

खेलको पहिलो मिनेटमै गोर्का गुरुजाताले गोल गर्दै एथ्लेटिक बिल्बाओलाई अग्रता दिलाएका थिए । तर, रोबर्ट लेवान्डोस्कीले २६औँ मिनेटमा गोल गर्दै क्याटालन क्लबलाई खेलमा फर्काएका थिए । त्यसको ६ मिनेटपछि नै लामिन यमलले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा जाभीको टोलीले अग्रता बनाएको थियो । दोस्रो हाफमा एथ्लेटिक बिल्बाओ खेलमा फर्कियो । ४९औँ मिनेटमा ओइहान सान्सेटको गोलबाट बिल्बाओ खेलमा फर्किएको थियो ।

खेलको निर्धारित समय २–२ को बराबरीमा सकियो । नतिजाको निर्णयका निम्ति अतिरिक्त समय आवश्यक परेको थियो ।

अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई ३–२ को अग्रतामा राखेका थिए । इन्ज्युरी समयमा निको विलियम्सले गोल गरेपछि बिल्बाओले ४–२ को जितसहित अन्तिम–४ को यात्रा तय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com