काठमाडौ ११ माघ । काठमाडौँ महानगरको मेयर बालेन्द्र शाहले शाहले राष्ट्रियसभा निर्वाचनमा पहिलो पटक नै मतदान नगर्ने भएका छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा कार्यव्यवस्ताका कारण मतदान गर्न मेयर शाह नजाने भएका हुन् ।‘ यस्तै हाम्रो पार्टीका दुई जना प्रदेश सांसदले पनि राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने बताएका छन् ।
एमालेबाट निर्वाचित काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् । बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । बागमती प्रदेशमा ११० प्रदेशसभा सदस्य र २३७ पालिका प्रमुख–उपप्रमुख गरी ३४७ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्