ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू–१९ विश्वकप : नेपालले पाकिस्तानलाई दियो १ सय ९८ रनको लक्ष्य


एबीसी न्यूज

काठमाडौं, १० माघ।  आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ।

बफेलो पार्क इस्ट लन्डन दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै १० विकेट गुमाउँदै १ सय ९७ रन बनाएको हो।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए। दीपक डुम्रे २६, कप्तान देव खनाल २३, सुवास भण्डारी २०, गुल्सन झा १८, दीपेश कँडेल १३ रनमा आउट भए। अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६ रन बनाउँदा उत्तम मगरले ४ रन जोडे। आकाश चन्द १६ रनमा अविजित रहे।

पाकिस्तानका अरफत मिन्हासले ३, अहमद हुसैन र उबैद साहले समान २, खुबैब खलिल, मोहम्म जिसन र अली अस्फन्दले समान एक एक विकेट लिए।

प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

समूहको शीर्ष ३ मा पर्दै अर्को चरणमा पुग्न अबका बाँकी खेलमा नेपाललाई जित्नै पर्ने बाध्यता छ । पाकिस्तान र नेपालबीच अण्डर नाईन्टिन विश्वकपमा भएका २ खेलमा दुवैले १र१ खेल जितेका छन् ।

सन् २०१६ मा भएको खेलमा पाकिस्तान १ सय २२ रनले विजयी भएको थियो भने सन् २००२ मा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो । सन् २००० मा दुई टिमबीच तय भएको खेल वर्षाले रोकिएको थियो ।

पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com