काठमाडौ ९ माघ । सरकारले २२ माघमा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले माघ २२ गते अपराह्न संसदको दुबै सदन प्रतिनिधि र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिइन् । यसअघि संसदको बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।
प्रतिक्रिया दिनुहोस्