ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पञ्चा सिंह मुछिएको हत्याकाण्ड- नक्कली सर्टिफिकेटको विषय उठाएपछि मल्लमाथि खुकुरी प्रहार


एबीसी न्यूज
माघ ९, २०८० मंगलबार   १ : ०८   बजे

काठमाडौं ९ माघ । जिल्ला अदालत सुर्खेतले आइतबार नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी गर्‍यो ।

त्यो पनि हत्याजस्तो जघन्य अपराध अभियोगको अरोपमा । सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै अखिल क्रान्तिकारी विद्यार्थी संगठन नै तरंगित भएको छ ।

कालिकोट महावै गाउँपालिकाकी सिंहसहित, पदमबहादुर रावत, ‘टाईगर’, बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाँडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनीहरुमाथि २०६५ फागुन २६ गते साँझ कालिकोट खाँडाचक्र नगरपालिका–८ का १७ वर्षीय रजबहादुर मल्लको हत्या गरेको आरोप लागेको छ । सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा १२ कक्षामा अध्यनरत मल्लको खुकुरी प्रहार गरेर हत्या गरेको आरोप लागेको हो ।

हत्यालगत्तै मल्लका काका नवराज मल्लले प्रहरीमा किटानी जाहेरी दिएका थिए । तर उनको जाहेरीबारे घटनाको १५ वर्ष बितिसक्दासमेत सुर्खेत प्रहरीले कुनै प्रक्रिया नै अघि बढाएन । मृतक रजबहादुर मल्लकै बुबा नरबहादुर मल्लले पुनः ३ साउन २०७९ मा सर्खुेत पुगेर अर्को पुरक जाहेरी दिएपछि भने प्रहरीले अनुसन्धान प्रक्रिया थालेको हो ।

त्यसैको अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतसँग पक्राउ गरेर अनुसन्धान गर्न अनुमति मागेको थियो । त्यसैको आधारमा जिल्ला अदालतले आइतबार छ जनाविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो ।

के थियो घटना कसरी जोडिएका पञ्चा सिंह

२०६३ सालमा एसएसली पास गरेर सुर्खेत पढ्न पुगेका थिए– मृतक रजबहादुर मल्ल । जनमाविमा पढ्न भर्ना भएका राजबहादुर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूमा सक्रिय भए । १२ कक्षा पढ्दै गर्दा उनी जनमाविका अखिलका सचिव भइसकेका थिए । उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका कारण क्याम्पसको गतिविधिबारे जानकार हुन्थे ।

उनी राजनीतिमा भएका बेला २०६५ सालमा माओवादी युद्ध छाडेर शान्तिपूर्ण राजनीतिमा अवतरण भइसकेको थियो । माओवादीका लडाकुहरु शिविरमा राखिएका थिए । त्यो बेला पूर्वी सुर्खेतको दशरथपुरमा माओवादी सेनाको शिविर राखिएको थियो । त्यसरी माओवादीका सेना भएकाहरुमध्ये केही शान्तिपूर्ण राजनीतिपछि क्याम्पस पढ्न भन्दै सुर्खेत पुगे ।

जसमध्ये केही जनमाविमासमेत पुगे । रजबहादुरले माओवादीमा लागेका लडाकुहरुले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भर्ना हुन खोजेको भन्दै विरोध गरे । त्यही कुरा माओवादी विद्यार्थी संगठनलाई मन परेको थिएन ।

त्यसै विषलाई लिएर २०६५ फागुन २६ गते साँझ साढे सात बजेतिर आफ्नो छोरामाथि खुकुरी प्रहार भएको मृतक रजबहादुरका बुबा नरबहादुर मल्लले बताए ।

कालिकोट खाँडाचक्र नगरपालिका–८ का वडा अध्यक्षसमेत रहेका मल्ल भन्छन्, “मेरो छोरा त्यो दिन सुर्खेत बसपार्क नजिकैको एक होटलमा खाना खाएर निस्कने बेला खुकुरी प्रहार भएको हो । हत्या भएको १५ वर्ष पूरा हुन लाग्दा पनि मैले न्याय पाएको छैन ।”

नरबहादुर मल्लका चार छोरामध्ये उनी साँइला छोरा हुन् । छोरामाथि खुकुरी प्रहार गर्ने पूर्वमाओवादी लडाकु पदमबहादुर रावत भएको र उनले पञ्चा सिंह कै निर्देशनमा खुकुरी प्रहार गरेको उनको दाबी छ ।

त्यो बेला पञ्चा सिंह सर्खेत बहुमुखी क्याम्पसको इन्चार्ज थिइन् । उनकै निर्देशनमा माओवादी शिविर बाहिर निस्केका आपराधिक समूहको बलमा हत्या गरिएको आरोप पञ्चामाथि लागेको हो । रजबहादुरको छातीको बीचभागका खुकुरी रोपिएको थियो ।

खुकुरी प्रहारका कारण घाइते भएका रजबहादुरलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको थियो । हाल पक्राउ पुर्जी जारी भएका पञ्चाबाहेक अधिकांश देशबाहिर भागेको आशंका प्रहरीको छ । घटनाबारे सिंह सँग बुझ्ने प्रयास गर्दा कार्यक्रममा रहेको भन्दै बोल्न अस्वीकार गरिन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहले घटना पुरानो भएका कारण आफूहरुले मुद्दा बुझाउने तयारी गरेपछि पक्राउ पुर्जी आएको जानकारी दिए ।

“हामीले मुद्दा बुझाउने तयारी गरेका छौं । घटना पुरानो हो । हत्यालगत्तै एक जनाविरुद्ध मात्रै जोहेरी परेको देखिन्छ । पछि फेरि अन्य पाँच जनामाथिसमेत आएको छ । हामी कानुनअनुसार अनुसन्धान गर्छौँ,” डीएसपी शाहले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

बालेनलाई किन संसद् मन पर्दैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group