ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सक्कली डाक्टरको एनएमसी नम्बर प्रयोग गरेर बिरामी जाँच्थे भट्टचार्य, प्रतिबिरामी ७५० रुपैयाँसम्म लिन्थे


एबीसी न्यूज

काठमाडौं ८ माघ । कागजातका आधारमा बिरामी जाँच गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सम्बुद्ध भट्टचार्यले अर्कै व्यक्तिको नेपाल मेडिकल काउन्सिल एनएमसीमा दर्ता भएको नम्बर प्रयोग गर्ने गरेको पाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर उपमहानगरपालिका–२ का ४० वर्षीय भट्टचार्यलाई महाराजगंजस्थित बाँसबारीबाट पक्राउ गरेको हो । प्रहरीले भट्टचार्यलाई सोमबार सार्वजनिक गरेको छ ।

लामो सयमदेखि फरार रहेका भट्टचार्यलाई आइतबार साँझ पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीको अनुसन्धानका क्रममा भट्टचार्यले काउन्सिलमा एलिना श्रेष्ठको नाममा दर्ता रहेको एनएमसी ९६७० नम्बर प्रयोग गरेको पाइएको छ ।

भट्टचार्यले चीनबाट एमबीबीएस गरेको र त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा समेत काम गर्ने गरेको बताउँदै आएका थिए ।

प्रहरीले शिक्षण अस्पताल महाराजगंजमा ९७६० नम्बर दर्ता रहेको कार्ड समेत फेला पारेको छ । उक्त कार्ड समेत नक्कली रहेको खुलेको छ । त्योबाहेक प्रहरीले उनको साथबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नक्कली लेटर प्याड, नक्कली स्ट्याम्पहरू बरामद गरेको छ ।

प्रहरीले उनको शैक्षिक प्रमाणपत्रको बारेमा समेत अुसन्धान जारी राखेको छ । उनले चीनबाट एमबीबीएस अध्ययन गरेको बताए पनि प्रहरीले त्यसबारे समेत अनुसन्धान थालेको छ ।

क्लिनिकमा गर्थे बिरामीको जाँच
प्रहरी अनुसन्धानका क्रममा भट्टचार्यले नक्सालस्थित वी केयर पोलिक्लिनिक र बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिकमा बिरामी जाँच गर्ने गरेको खुलेको हो ।

प्रहरीका अनुसार, नौ महिनादेखि उनी वी केयरमा काम गर्थे । त्यहाँ उनले ६३० बिरामीको जाँच गरेको खुलेको छ । प्रतिबिरामी जाँच गरेबापत उनले वी केयरमा ७५० रुपैयाँ शुल्क लिने गरेका थिए ।

त्यस्तै, धौलागिरि क्लिनिकमा ३० जना बिरामी जाँच गरेको खुलेको हो । त्यहाँ प्रतिबिरामी जाँच गरेबापत ५०० रुपैयाँ लिने गरेका थिए ।

दुवै क्लिनिकमा उनी इन्डोक्राइनोलजी विशेषज्ञको रूपमा बिरामी जाँच गर्ने गरेको खुलेको छ ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले नक्कली कागजातका आधारमा बिरामी जाँच गर्ने डाक्टरमाथि अपरेसन नै चलाएको थियो ।

प्रहरीले भट्टचार्यमाथि कीर्ते र मानव स्वास्थ्यविरुद्धको दुई कसुरमा अनुसन्धान गर्ने एसपी रेग्मीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com