ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनजीओको स्वच्छेचारिता रोक्न संसदीय समितिका सभापतिहरुसँग सभामुखको छलफल


ABC NEWS

काठमाडौँ ७ माघ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा गैरसरकारी संस्था (एनजीओ)को सोझै प्रवेशबारे चासो राखेका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न विषयगत समितिका सभापतिहरुसँग कुरा गर्दै सभामुख घिमिरेले संसद् सचिवालय मार्फत एकद्धार प्रणाली मार्फत मात्र एनजिओको सहयोग लिनुपर्ने बताएका छन् ।

बैठकमा गैरसरकारी संस्थाहरुले आफ्नो स्वार्थ अनुसार समितिहरुलाई सिधै सहयोग प्रस्ताव गर्ने गरेको र त्यसबारे एकद्धार नीति बनाएर कसलाई दिने हो, कहाँ दिने हो त्यसलाई व्यवस्थित बनाउनुपर्ने बारेमा छलफल भएको छ ।

यस्तै साझा राष्ट्रिय मुद्दामा दुई वा दुईभन्दा बढी समितिहरुले छलफल गर्नुपर्दा आपसी सहमतिमा सल्लाह गरेर अगाडि बढ्नेबारे छलफल भएको छ । साझा विषय आएमा सबै समितिले एकैपटक बैठक नराखी छलफल गरेर बैठक राख्ने सहमति भएको छ । यसका लागि सभापतिहरुबिच समन्वय हुनुपर्ने बारेमा छलफल भएको छ ।

छलफलमा राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले एनसेल शेयर खरिद बिक्रीको विषयमा चार वटा समितिले छलफल चलाएको विषयमा सभामुख समक्ष जिज्ञासा राखेका थिए । उनले अन्य समितिले पनि छलफल चलाएकोमा लेखा समितिले राखेको असन्तुष्टिको विषय राखेका थिए । यो विषयमा चार वटै समितिका सभापतिलाई बोलाएर सभामुखले छलफल गर्ने चाहना राखेको खतिवडाले जानकारी दिए ।

सभामुखसँगको छलफलपछि सभापति खतिवडाले भने,‘क्यालेन्डर बनाएर संसद् र समिति गइदिए हुन्थ्यो भन्ने चर्चा पनि चलेको थियो । संसदीय समितिले साझा विषयमा कसरी छलफल गर्ने भन्ने विषय, समितिमा रिर्पोटिङमा आउने मिडियालाई व्यवस्थित बनाएर जानेबारे छलफल भयो ।’

संसदीय क्यालेन्डर बनाएर संसद् र समितिमा एक महिना, दुई महिनामा कति काम गर्ने भनेर योजना बनाएर काम गर्ने भन्ने बारेमा छलफल भएको छ ।

यस्तै सरकारले प्रि–बजेट अगाडि सार्नका लागि अध्यादेश ल्याएर वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गरेपनि क्यालेन्डरमा मिति मात्रै सार्ने कामले तात्त्विक अन्तर नराख्ने भन्दै छलफललाई कसरी उद्देश्यमूलक बनाउने भन्ने बारेमा छलफल भएको थियो ।

यस्तै सांसदहरुले आफूखुसी विदेश भ्रमणमा जाने र पछि मात्र जानकारी गराउने प्रबृति रोक्ने विषयमा पनि छलफल भएको छ । वैदेशिक भ्रमणमा जान हुने हो कि होइन, कति जना जाँदा हुने त्यस्ता कुरालाई व्यवस्थित गर्ने विषयमा छलफल भएको हो । प्रधानमन्त्री, प्रधान सेनापतिले संसदीय समितिमा आएर राखेको कुरालाई व्यवस्थित गरेर राख्ने बारेमा छलफल भएको छ ।

संसदीय समितिहरुले एउटै समयमा बैठक राखेर सरकारका उच्च पदस्थ व्यक्तिहरुलाई बोलाउने गरेकोले कर्मचारीहरुले समय मिलाउन समस्या भएको गुनासो आउने गरेको भन्दै त्यसलाई व्यवस्थित गर्नुपर्ने विषयमा छलफल भएको छ ।

यस्तै सञ्चार माध्यमलाई व्यवस्थित गर्ने विषयमा पनि छलफल भएको छ । सो छलफलमा संसदीय समितिमा मिडियाको भीडलाई कसरी व्यवस्थित गर्ने विषयमा सभामुख घिमिरेले चासो दिएका थिए । संसदीय समितिमा क्यामेराहरुको भीडले गर्दा छलफलका लागि ‘डिस्टर्ब’ भएको, मिडियाको क्यामेरा देखेपछि सांसदहरु विषयवस्तुमा बोल्नुपर्नेमा दायाँबायाँ फरक विषय बस्तुमा बोल्ने गरेको अवस्था रहेकोले त्यसलाई के गर्ने हो भनेर छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com