ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुगुकी बलात्कारपीडित किशोरीको बयान-काम छ भन्दै बोलाए, पालैपालो करणी गरे


एबीसी न्यूज

काठमाडौं २ माघ । आइतबार साँझतिर मुगुकी १४ वर्षीया किशोरी बलात्कृत भएको घटना बाहिरियो। ५ महिनाअघि घटेको घटनाको विषयमा किशोरीले आफ्नो पेटमा गर्भ बसिसकेपछि प्रतिवादीविरुद्ध प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो।

पेट दुख्ने समस्या लिएर स्थानीय स्वास्थ्य संस्थामा पुगेकी उनको गर्भमा १८ हप्ताको बच्चा रहेको पाइएपछि घटना बाहिरिएको हो।

मुगुमा कर्मचारीबाटै १४ वर्षीया किशोरी बलात्कृत, गर्भ बसेपछि बाहिरियो घटना

गत भदौ र असोजमा बलात्कार भएकी किशोरीले जाहेरी दिएपछि अहिले प्रहरीले अनुसन्धान अघि बढाएको छ। पीडित किशोरीले जाहेरीमा ९ जनाविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी छन्।

किशोरीले दिएको जाहेरीका आधारमा मुगु प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार, प्रकाउ पर्नेमा तीन जना नाबालक छन्। प्रहरीले नाबालकको परिचय गोप्य राखेको छ।

 

पक्राउ पर्नेमा तीन बालकहरूमा परिवर्तित संकेत नामथर छायाँनाथ ९ढ० ६०, छायाँनाथ ९द० ६० र छायाँनाथ ९ध० ६० रहेका छन्।

यस्तै, पक्राउ पर्ने दुई युवकमा छायानाथ रारा नगरपालिका–५ बस्ने ३० वर्षीय वसन्तबहादुर कार्की र मुगुकै सोरु गाउँपालिका–८ का २२ वर्षीय वसन्त रोकाया रहेको प्रहरीले जनाएको छ।

कार्की नगरपालिकामा कार्यरत नगर प्रहरी र रोकाया कृषि विकास कार्यालय, गमगढीका कार्यालय सहयोगी हुन्।

प्रकाउ परेका उनीहरूमाथि अदालतबाट म्याद थप भएर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, बलात्कार आरोप लागेका तीन बालकसहित एक युवक फरार छन्। फरार हुनेमा जुम्लाको चन्दननाथ नगरपालिका–७ बस्ने ३० वर्षीय पदमबहादुर कठायत र तीन बालक छन्।

मुगुको छायाँनाथ(रारा नगरपालिका–१४ घर भएकी बालिका सदरमुकाम गमगढीस्थित डेरामा बसी कक्षा ७ मा पढ्दै आएकी थिइन्। पीडित बालिकाले आफूमाथि फरकफरक समय गरी दुईपटक सामूहिक बलात्कार भएको उल्लेख गरी प्रहरीसमक्ष दुई छुट्टाछुट्टै जाहेरी दर्ता गराएकी छन्।

किशोरीले दर्ता गराएको एउटा बालकले गत भदौ १६ गते बेलुका अन्दाजी ९ बजे कोठामा बोलाएपछि आफू पुगेको बताएकी छन्।

गमगढीस्थित ती बालकको कोठामा पुगेकी उनीमाथि ६ जनाले पालैपालो जबरजस्तीकरणी गरेका थिए। उनीमाथि बलात्कार गर्ने ती सबै १८ वर्षमुनिका छन्।

सोही करणीबाट आफ्नो पेटमा गर्भ बसेको दाबी बालिकाले गरेकी छन्।

‘हाल पेट दुखेपछि जिल्ला स्वास्थ्य सेवा कार्यालय, मुगुमा गई चेकजाँच गराउँदा मेरो पेटमा गर्भ रहेको कुरा थाहा पाएकी हुँ,’ उनले भनेकी छन्, ‘मेरो पेटमा रहेको गर्भ निज अन्यायीहरु मध्ये को– कसको हो, मलाई थाहा छैन। तर, मलाई काम छ भन्दै बोलाए, सबैले पालैपालो जबरजस्ती करणी गरे।’

यस्तै, बालिकाले आफूमाथि १० असोजमा पनि अर्को सामूहिक करणी भएको जाहेरी दिएकी छन्।

सोही दिनको राति ९ बजे छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्कीले आफू बस्ने कोठामा आएर ललाईफकाई एक छिन काम छ भनी बाहिर बोलाएको पीडितले बताएकी छन्।

बाहिर आएपछि कार्कीले आफ्नो हात समाई आफूसँगै हिँड्न लगाएर कृषि विकास कार्यालय भवनको एक कोठामा पुर्‍याएको उनले भनेकी छन्।

उक्त कोठामा पुग्नेबित्तिकै कार्की, कृषि विकास कार्यालयका कार्यालय सहयोगी वसन्त रोकाया र त्यही कार्यालयका सवारी चालक पदमबहादुर कठायतले डरत्रास देखाई पालैपालो करणी गरेको पीडितको भनाइ छ।

करणीपछि उनीहरूले बालिकालाई कहीँकतै भने ज्यानै खतरामा पर्ने चेतावनी दिएपछि आफू खुल्न डराएको बालिकाले बताएकी छन्।

१४ वर्षीया बालिका कसरी उनीहरूको सम्पर्कमा पुगिन् र बलात्कृत भइन् भन्ने विषयमा सूक्ष्म अध्ययन भइरहेको प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

हाल बालिकालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com