ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमनका हुथी विद्रोहीले गरे लालसागरमा व्यापारिक ढुवानीमा आक्रमण


एबीसी न्यूज
माघ २, २०८० मंगलबार  १२ : ५९ बजे

काठमाडौं २ माघ । यमनको हुथी सशस्त्र समूहले सोमबार अडेनको खाडीमा अमेरिकी जहाजमा गरिएको आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले सो अमेरिकी जहाजमा गरिएको आक्रमणको जिम्मेवारी आफूहरूले लिएको बताए ।

हुथी समूहले अब देशविरुद्धको आक्रामकतामा भाग लिने सबै अमेरिकी र बेलायती जहाज र युद्धपोतहरूलाई शत्रुतापूर्ण लक्ष्यका रूपमा लिने उनले चेतावनी दिए ।

यसैबीच, समूहका प्रमुख वार्ताकार मोहम्मद अब्दुल सलामले इजरायल जाने जहाजहरूमा समूहको आक्रमण जारी रहने बताए । उनले हुथीले आफ्नो स्थिति स्पष्ट गर्न अन्तर्राष्ट्रिय समुदायसँग कुराकानी गरिरहेको बताए । इजरायल जानेबाहेक सबै जहाजहरूका निम्ति ‘नेभिगेसन’ सुरक्षित रहेको उनले उल्लेख गरे ।

आफ्नो समूहले थप द्वन्द्व नखोजेको र अमेरिका बेलायतले लालसागरलाई अझ खतरनाक बनाएको आरोप उनले लगाए ।

एक यमनी सरकारी अधिकारीले नाम नछाप्ने सर्तमा सरकारले हुथीहरूले प्रहार गरेका क्षेप्यास्त्र पनि पत्ता लगाएको र तिनीहरूमध्ये केहीले आफ्नो लक्ष्य गुमाएर दक्षिणी यमनका पहाडहरूमा खसेको बताए । असफल प्रक्षेपणले त्यहाँका बासिन्दालाई आतंकित बनाएको भए पनि कसैलाई चोटपटक नलागेको उनको भनाइ छ ।

यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ । हुथीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त यमनी सरकारविरुद्ध लडिरहेका छन् । साउदी अरेबिया नेतृत्वको गठबन्धनले २०१५ मा यमनी सरकारको समर्थनमा द्वन्द्वमा हस्तक्षेप गरेको थियो । सिन्ह्वारन्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com