काठमाडौं १ माघ । नेकपा एकीकृत समाजवादी०ले सरकारमा रहेका मन्त्रीहरूको प्रगति विवरण माग गरेको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकबाट तुरुन्तै सो विवरण बुझाउन निर्देशन दिइएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
“हाम्रो पार्टीको तर्फबाट सरकारमा जानुभएका मन्त्रीहरूले आजसम्म सरकारमा के कस्ता काम गर्नुभएको छ, के कस्तो प्रगति भएको छ, त्यसको विववरणसहित तुरुन्तै बुझाउन पार्टीले निर्देशन दिएको छ,” उनले भने ।
एकीकृत समाजवादीका तर्फबाट केन्द्रीय सरकारमा उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् ।
प्रतिक्रिया दिनुहोस्