ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दैन : बाइडेन


एबीसी न्यूज

काठमाडौं १ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने बताएका छन् । ताइवानको निर्वाचनमा स्वतन्त्रतावादी नेता राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले यस्तो टिप्पणी गरेका हुन् ।

शनिबार विलियम लाइ ताइवानको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी सत्तारूढ डेमोर्क्याटिक प्रोग्रेसिभ पार्टी ९डीपीपी०का नेता हुन् । उनको जितसँगै डीपीपी ताइवानमा लगातार तेस्रो कार्यालयका निम्ति सत्तामा पुगेको हो ।

ताइवानको चुनावी नतिजाबारे प्रतिक्रिया दिँदै बाइडेनले शनिबार भने, “हामी ९ताइवानको० स्वतन्त्रतालाई समर्थन गर्दैनौँ।।।।”

अमेरिकाले सन् १९७९ मा ताइवानसँगको सम्बन्ध अन्त्य गर्दै चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।

अमेरिकाले ताइवानलाई स्वतन्त्र मुलुकका रूपमा समर्थन गर्दैन । तर, अमेरिकाले चीनविरुद्ध अडिग रहन समर्थन र ताइवानलाई रणनीतिक एवं सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ ।

उता, बेइजिङले ताइवानसँगको पुनर्मिलनका निम्ति सैन्य बल समेत प्रयोग गर्ने जनाइसकेको छ ।

बाइडेनले यसअघि चीनले ताइवानमाथि आक्रमण गरे रक्षा गर्न अमेरिका अघि सर्ने बताएका थिए । तर, शनिबार उनले बेइजिङलाई आश्वस्त पार्ने किसिमको टिप्पणी गरेका हुन् ।

लाइ राष्ट्रपतिमा विजयी भएलगत्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बधाई दिएका थिए । प्रतिक्रियास्वरूप चीनले अमेरिकाले गल्ती गरेको टिप्पणी गरेको छ ।

सन् २०१६ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानकी राष्ट्रपति साई इङ वेनसँग फोनवार्ता गरेका थिए ।

१९७९ मा तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले ताइवानसित अन्त्य गर्दै चीनलाई कूटनीतिक मान्यता दिएका थिए । त्यसयता ताइवानका राष्ट्रपतिसँग कुरा गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति थिए । चीनले त्यसबारे कडा विरोध गरेको थियो । रोयटर्सबाट ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com