ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार वर्षमा पाँच धनाढ्यको सम्पत्ति दोब्बर


एबीसी न्यूज
माघ १, २०८० सोमबार  ४ : ११ बजे

काठमाडौं १ माघ । बेलायती परोपकारी संस्था अक्सफ्यामले सन् २०२० यता विश्वका सबैभन्दा धनी पाँच व्यक्तिको सम्पत्ति दोब्बर भएको बताएको छ ।

अक्सफ्यामले सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै विगत चार वर्षमा पाँच धनाढ्यको सम्पत्ति प्रतिघण्टा एक करोड ४० लाख अमेरिकी डलरले बढेको उल्लेख गरेको छ ।

विश्वका पाँच धनाढ्य बर्नार्ड अर्नाल्ट, जेफ बेजोस, वारेन बफेट, ल्यारी एलिसन र एलोन मस्कको सम्पत्ति हाल ८६९ अर्ब अमेरिकी डलर पुगेको छ ।

सन् २०२० यता यी पाँच व्यक्तिको सम्पत्ति दोब्बर हुँदा पाँच अर्ब मानिस झन् गरिब भएको अक्सफ्यामले ‘असमानता इँक प्रतिवेदन सार्वजनिक गर्दै बताएको हो ।

अक्सफ्यामका अनुसार अर्बपतिहरू सन् २०२० को तुलनामा ३।४ ट्रिलियन अमेरिकी डलरले धनी भएका छन् ।

संसारका १० ठूला कम्पनीमध्ये सात वटा यीनै धनाढ्यका छन् ।

यहीँ प्रवृत्ति जारी रहेमा एक दशक भित्रै संसारमा पहिलो ‘ट्रिलियनियर’ व्यक्ति हुने र गरिबी उन्मुलन हुन २२९ वर्ष लाग्ने अक्सफ्यामले जनाएको छ ।

अक्सफ्याम इन्टरनेशनलका अन्तरिम कार्यकारी निर्देशक अमिताभ बेहरले कसैसँग पनि एक अर्ब डलर सम्पत्ति हुन नहुने बताएका छन् ।

अक्सफ्यामले विश्व आर्थिक फोरम ९डब्ल्यूईएफ० सम्मेलनअघि आफ्नो रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।

यस वर्षको वर्ल्ड इकोनोमिक फोरमको बैठक स्विट्जरल्याण्डको डाभोसमा आज जनवरी १५०देखि शुक्रबार जनवरी १९०सम्म हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com