काठमाडौं १ माघ । काठमाडौं उपत्यकामा बस्दै आइरहेका थारु समुदायले माघी पर्व मनाइरहेका छन् । माघे सङ्क्रान्ति थारु समुदायले एक महान पर्वको रूपमा लिने गर्दछ । यसदिन घरमा पूजा गरी मिठो परिकारसँगै घिउ, चाकु, तरुल खाने चलन छ ।
आज थारु समुदायले काठमाडौंको बसन्तपुरमा माघी गीत गाउँदै बाजागाजाका साथ नाच्दै र्याली निकालेको छ । र्याली वसन्तपुरबाट निस्किएर रत्नपार्क, भद्रकाली हुँदै टुँडिखेलमा पुगेको थियो । टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
![काठमाडौंमा माघीको रौनक [फोटोफिचर] - काठमाडौं प्रेस :: Kathmandu Press](https://kathmandupress.com/uploads/posts/1610624109_maghi.jpg)








प्रतिक्रिया दिनुहोस्