काठमाडौं, २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् । खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
आगामी ६ साउनसम्मको कार्यकाल बाँकी रहेको भए पनि पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ । यद्यपि टेरामक्स, एमडीएमएसको विषय भने पछिल्लो समय निकै पेचिलो बन्दै गएको छ ।अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए ।
प्रतिक्रिया दिनुहोस्