ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियालाई दक्षिण कोरियाको आग्रह


admin
श्रावण ६, २०७४ शुक्रबार  २ : ५७ बजे

सोल, ६ साउन । दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावको जवाफ दिन उत्तर कोरियासँग शुक्रबार पुनः आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गतहप्ता दक्षिण कोरियाले उत्तरसँग वार्ताको प्रस्ताव राखेको थियो । तर सो प्रस्तावप्रति उत्तरको कुनै जवाफ आएको छैन । उक्त जवाफ नपठाएकोले दक्षिणले आज सो आग्रह गरेको हो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग सैनिक सम्बन्धमा वार्ताका लागि गएको सोमबार वार्ताको प्रस्ताव गरेको थियो । तर सो प्रस्तावपछि शुक्रबारसम्म पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता मुन सान च्युनलले भन्नुभयो– कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्नुपर्ने र शान्तिको लागि पहल थाल्नुपर्ने अत्यावश्यक भएकोले हामीले सो वार्ताको प्रस्ताव पठाएका हौँ ।

उहाँले सोलमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार उत्तर कोरियाले आफ्नो प्रस्तावको बारेमा बिचार गरेर जवाफ पठाओस भन्ने हाम्रो आग्रह हो र जसले गर्दा अहिलेको अवस्थामा शान्तिवार्ता अत्यावश्यक रहेको कुरा पनि पुष्टि गर्नेछ भन्नुभयो ।

प्रवक्ता च्युनले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा शुक्रबार अर्थात आज नै वार्ता गर्नेगरी दक्षिण कोरियाले प्रस्ताव राखेको जानकारी पनि सो अवसरमा दिनुभयो ।

उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि पनि सोही बैठकमा छलफल गर्न र उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको शृंखलाका बारेमा पनि छलफल गर्न सो वार्ताको प्रस्ताव गरिएको उहाँको भनाई थियो ।

उत्तर कोरियासँग रेड क्रसले उत्तर र दक्षिण कोरियाका परिवारका कोरियाली युद्धताका छुट्टिन पुगेका परिवारका सदस्यहरुको पुनर्मिलनका लागि पनि प्रस्ताव गरेको थियो । सो विषयमा दक्षिणले पनि आफ्नो प्रस्तावमा समेटेको थियो ।

रेड क्रसले पनि सो वार्ताका लागि पहल गर्न भनेपछि दक्षिण कोरियाले पहल थालेको थियो । उसको जवाफ बमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने पनि प्रवक्ता च्युनले बताउनुभयो ।

प्रवक्ता च्युनले सो नियमित पत्रकार सम्मेलनमा भन्नुभयो– कोरियाली प्रायद्वीप उक्त क्षेत्रमा कुनै सैनिक क्रियाकलाप नगर्न र वार्ताको बारेमा सहमति गर्न औपचारिकरुपमा नै प्रस्ताव पठाएका थियौँ, तर त्यसको जवाफ नआएकोले सो वार्ताको बारेमा केही भन्नसक्ने स्थिति छैन ।

यो प्रस्ताव विशेषत दुवै तर्फका नागरिकको पुनर्मिलनका लागि गरिएको थियो । सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार दक्षिणबाट यो प्रस्ताव आएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनलले पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने प्रयासस्वरुप पनि सो वार्ताको प्रस्ताव गरिएको यसअघि बताउनुभएको थियो ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा बिहीबार मात्र जारी विज्ञप्तिमा उहाँको सो भनाई आएको थियो । उहाँले पनि उत्तरले शान्ति वार्ताको प्रस्तावमा जवाफ पठाउन ढिलाई गरेर गल्ती गरेको बताउनुभएको थियो ।

सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच आपसी औपचारिक वार्ता भएको छैन । त्यसैगरी यी दुवै देशका तर्फबाट परिवारहरूको पुनर्मिलन पनि त्यसयता भएको छैन ।

कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएर बसेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

सम्बन्धित

भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

ट्रम्पको धम्की: अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा निधन

बेलायतका प्रधानमन्त्री चीन भ्रमणमा : ७ वर्षपछि पहिलो उच्चस्तरीय भ्रमण

युक्रेन युद्धमा २० लाख सेना मारिएको एक अध्ययनको अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com