ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली प्रचण्डबीच शक्ति बांडफांट सहमति, नाम : नेकपा, ९९ सदस्यीय केन्द्रीय समिति


ABC NEWS
फाल्गुन २, २०७४ बुधबार  २ : ५१ बजे

काठमाडौं २ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता सम्वन्धी शक्ति बांडफांटको सहमति भएको छ ।

दुई शिर्ष नेताबीच भएको दुई दर्जन बैठकको निश्कर्षका रुपमा आजको छलफलबाट पार्टी नाम, केन्दीय समितिको सख्या, नेतृत्व प्रणाली र सरकार गठनका विषयमा सहमति भएको हो ।
संगठन र सैद्धान्तिक विषयलाई टुंगो लगाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने तयारी भएको छ ।

संगठन र सिद्धान्तका बारेमा टुंगो लगाउने गरी एकता घोषणा गर्ने तयारीमा दुवै दलका नेताहरु सहमत भएका छन् ।केन्द्रीय समिति कस्तो बनाउने भन्ने विषयमा विभिन्न मोडलमा छलफल भइरहेको स्रोतको दावी छ ।

निर्वाचनको क्रममा उम्मेदवार बाँडफाँड ६०–४० कै आधारमा गरिएकाले त्यही प्रक्रियाअनुसार एकीकृत कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बनाउने मेरिटका आधारमा भन्ने संयोजन समितिबाट टुंगो लगाउने सहमति भएको बताइएको छ ।

केन्द्रीय समिति कति सदस्यीय बनाउने भन्ने अहिलेसम्म टुंगो नलागेपनि ९९ सदस्यी भन्दा बढी नबनाउनेमा सहमति भएको छ ।

स्रोतका अनुसार ९९ सदस्यीय केन्द्रीय समिति वा एमालेको हालको केन्द्रीय समितिमा माओवादीतर्फबाट १०० जना थपेर ३४४ सदस्यीय बनाउने भन्ने विकल्पलाई छलफलमा लगिने भएको छ ।

९९ सदस्यीय केन्द्रीय समिति बनाउँदा एमालेका ५९ पोलिटव्यूरो सहित ६० जना र माओवादीबाट पार्टी विभाजन पहिलेको पोलिटव्युरोलाई आधार बनाएर ३९ जना गरी ९९ जनाको केन्द्रीय समिति बनाउने भन्नेमा निर्णय लिन बांकी रहेको छ ।

एमालेको २०६ जनाको केन्द्रीय समितिलाई ६० प्रतिशत मानेर माओवादीबाट १३८ जनासहित ३४४ जनाको केन्द्रीय समिति बनाउने कि भन्ने बारेमा समेत छलफल भएको एक नेताले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डबीच पटक–पटक भएको ‘वान टु वान’ वार्तापछि आज एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको छ ।
एकीकृत पार्टीको नाम स्थापनाकाल (२००६) कै नेपाल कम्युनिस्ट पार्टी मात्र रहनेछ । निर्वाचन चिन्ह भने सूर्य रहनेछ ।

स्रोतका अनुसार आजै अबेरसम्म कानुनी प्रक्रिया पूरा गर्न निर्वाचन आयोगलाई जानकारी गराएर केपी शर्मा ओली बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्ने छन् ।

पार्टी र सरकारको नेतृत्व भने बाम तालमेल घोषण गर्ने बेलामा गरिएको ७ बुंदे समझदारीकै आधारमा गर्ने सहमति भैसकेको छ । ओली र प्रचण्डको समान हैसियतमा दुवै जना अध्यक्ष हुनेछन् ।

एक अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने अर्का अध्यक्ष प्रचण्डले पार्टीको काम गर्नेछन् ।
राष्ट्रपति र उपराष्ट्रपति अहिलेकै यथावत रहनेछन् भने सभामुख पनि पहिलेकै सुवास नेम्वबांग रहनेछन् । राष्टिय सभाको अध्यक्ष भने माओवादी पक्षबाट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com