ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरेली प्रधानमन्त्री र प्रहरीबिच टस्सल


admin
फाल्गुन २, २०७४ बुधबार  २ : ५२ बजे

काठमाडौं, २ फागुन । इजरेली प्रहरीले प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि घुस खुवाएको, जालसाजी गरेको र विश्वास तोडेको आरोपमा मुद्दा चलाउन महान्यायाधिवक्तालाई सिफारिश गर्ने जनाएका छन् ।

आफ्ना धनी साथीहरूबाट महँगा उपहार पाएपछि नेतन्याहुले उनीहरूसंग विशेष सम्बन्ध राखेको आफूहरूसंग प्रमाण भएको प्रहरीको भनाइ छ । सञ्चारमाध्यममा आफूसंग जोडिएका समाचार ल्याउन घुस खुवाएको पनि उनीमाथि आरोप लगाइएको छ ।

इजरेली टेलिभिजनमा बोल्दै नेतन्याहुले आफूविरूद्धका आरोपहरूको सशक्त खण्डन गर्दै आफूविरूद्धको मुद्दाबाट केही हासिल नहुने दावी गरे । मंगलवार राति प्रहरीले महान्यायधिवक्तासमक्ष नेतन्याहुमाथि अभियोग दायर गरी मुद्दा चलाउन सिफारिश गरेको थियो ।

इजरेलका महान्यायधिवक्ताले अब प्रहरीको सिफारिश अनुसार देशका बहालवाला प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउने कि प्रहरीको अनुसन्धानले फेला पारेका निष्कर्षलाई अस्वीकार गर्दै मुद्दा खारेज गरिदिने भन्ने निर्णय लिनुपर्नेछ ।

महान्यायाधिवक्तालाई यस विषयमा निर्णय सुनाउन महिनौंको समय लाग्न सक्ने ठानिएको छ । उनको निर्णयले गहिरो राजनीतिक परिणामहरू निम्त्याउन सक्ने देखिन्छ । इजरेलको विपक्षी दलले प्रधानमन्त्री नेतन्याहुलाई पदबाट राजीनामा दिन भनिसकेको छ ।

तर अहिलेकै चरणमा त्यो गर्नका लागि कुनै कानूनी आधार छैन् । भ्रष्टाचारसम्बन्धी आरोपबारे छानबिनका क्रममा गत जनवरीमा प्रहरीले नेतन्याहुसंग सोधपुछ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

‘सुदृढीकरणको’ वृहत् रणनीति

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com