ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदीले नेपाली श्रमिकमाथि थप्यो आर्थिक भार, मन्त्रालयलाई नै दिएन जानकारी!


एबीसी न्यूज

काठमाडौं १९ पौष । साउदी अरबले बायोमेट्रिकका नाममा नेपाली श्रमिकहरूमाथि आर्थिक भार थपेको छ।  साउदीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कुनै जानकारी नगराइ एकतर्फी रूपमा श्रमिकको बायोमेट्रिक औंठाछाप लिने व्यवस्था सुरू गरेर आर्थिक भार थपेको हो।

काठमाडौंस्थित साउदी दूतावासले गत सोमबारदेखि श्रमिकको बायोमेट्रिक लिने सूचना जारी गरेको छ। थापाथलीमा बायोमेट्रिक लिने संयन्त्र रहेको दूतावासले जनाएको छ। बायोमेट्रिकका लागि प्रतिव्यक्ति ७२० रूपैयाँ शुल्क लाग्छ।

श्रमिकहरूको बायोमेट्रिकबिना साउदीको भिसा पाइँदैन। भिसा पाउन भिएसएफबाट बायोमेट्रिक लिनुपर्ने जानकारी सबै एजेन्सीहरूलाई गराइन्छ,  दूतावासले म्यानपावरहरूका लागि जारी गरेको सूचनामा भनिएको छ।

बायोमेट्रिक नभएका श्रमिकहरूको राहदानी १ जनवरी २०२४ देखि नै स्वीकार नगरिने दूतावासले सूचनामा भनेको छ।

तर यसबारे कुनै जानकारी नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताए।

साउदीले उसको देशको कानून लागू गर्न सक्छ। तर हामी श्रमिकको स्रोत मुलुक हौं। श्रमिक सम्बन्धी नयाँ व्यवस्था हुँदा हामीलाई जानकारी गराउनुपर्छ, गराएन, सहसचिव पोखरेलले भने।

मन्त्रालयले कुनै जानकारीबिना किन बायोमेट्रिक प्रणाली लागू गरियो भन्ने प्रश्न साउदीलाई परराष्ट्र मन्त्रालयमार्फत् सोधेको पनि उनले बताए।

साउदीले ल्याएको बायोमेट्रिक गर्नुपर्ने व्यवस्थाले श्रमिकमाथि भार थपिने देखिएको छ। यसबारे हामीसँग थप छलफल गरेर मात्रै कार्यान्वयनमा जानुपर्छ भन्ने विषय साउदीलाई स्पष्ट पारिदिन हामीले परराष्ट्रमा आग्रह गरेका छौं,ु सहसचिव पोखरेलले भने।

म्यानपावर व्यवसायीहरूको छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघले पनि साउदीले एकतर्फी रूपमा बायोमेट्रिक प्रणाली लागू गरेको र यसले श्रमिकमाथि भार थपेको भन्दै विरोध जनाएको छ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने, स्वास्थ्य परीक्षणपछि बायोमेट्रिक गरिरहनु जरूरी छैन। यदि राख्नै पर्ने हो भने श्रमिकसँग अतिरिक्त शुल्क लिन पाइँदैन। स्वास्थ्य परीक्षण गर्ने संस्थाले नै गर्न सक्छन्। यो निःशुल्क हुनुपर्छ।ु

साउदीले यस्तो व्यवस्था अन्य स्रोत मुलुकहरूका लागि नगरी नेपालका लागि मात्रै लागू गरेको म्यानपावर व्यवसायीहरूको भनाइ छ। सरकारसँग छलफलबिना खडा भएका संस्थाहरू आफूहरूलाई मान्य नहुने भन्दै संघले विज्ञप्ति निकालेको छ।

यस विषयमा गृह, परराष्ट्र र श्रम मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै कुनै एक संस्थामार्फत् एकाधिकार लागू गर्न खोजिएको खण्डमा संघ कडा प्रतिवाद गर्नेछ, विज्ञप्तिमा भनिएको छ।

दूतावासले श्रम मन्त्रालयसँग समन्वय नगरेसम्म श्रमिकको बायोमेट्रिक नगराउन पनि संघले व्यवसायीहरूलाई आग्रह गरेको छ। काठमाडौंस्थित साउदी दूतावासबाट यसमा थप प्रतिक्रिया आएको छैन।

साउदी श्रमिकहरूको आकर्षक प्रमुख गन्तव्य मुलुकमध्येको एक हो। साउदीमा हरेक वर्ष ठूलो संख्यामा नेपाली श्रमिकहरू जान्छन्। अधिकांश युवा क्लिनर, हेल्पर, स्विपर तथा ड्राइभिङ लगायत कामका लागि जाने गरेको तथ्यांकले देखाउँछ।

वैदेशिक रोजगार विभागको आँकडा अनुसार गत आर्थिक वर्ष २०७९र०८० मा एक लाख १२ हजार ७७७ जनाले साउदीका लागि श्रम स्वीकृति लिएका थिए। जसमा एक लाख ११ हजार ८४४ पुरूष र ९३३ महिला थिए।

आर्थिक वर्ष २०७८र०७९ मा मात्रै साउदीमा श्रम स्वीकृति लिएर एक लाख ८८ हजार ६९२ जना नेपाली साउदी पुगेका थिए। उनीहरूमध्ये एक लाख ८७ हजार ९६६ पुरूष र ७२६ महिला थिए।

साउदीमा ठूलो संख्यामा नेपाली श्रमिक जाने गरे पनि यो मुलुकसँग नेपालले श्रम सम्झौता गरेको छैन। सरकारले साउदीमा शून्य लागतमा श्रमिक पठाउने गरी सम्झौता गर्न लागेको बताउँदै आए पनि साउदी सरकारले यसमा चासो देखाएको छैन।

केही समयअघि एकनारायण अर्याल श्रम(सचिव हुँदा उनले नेपालले सम्झौताका लागि आवश्यक मस्यौदा साउदी सरकारलाई पठाइसकेको जानकारी दिएका थिए। केही समयभित्रै दुई देशको संयुक्त कमिटी बन्ने र सम्झौता हुने बताएका थिए। तर साउदी श्रमिक भर्ना प्रक्रियामा स्वच्छताको सुनिश्चितता गर्ने विषयमा सहमत भइसकेको छैन।

नेपालले लामो समयदेखि सम्झौता गर्नुपर्ने माग गर्दै आएको छ। तर साउदीले अटेर गर्दा सम्झौता हुन नसकेको कतिपय सरकारी अधिकारीहरूको तर्क छ।

श्रम सम्झौता नगरी वैदेशिक रोजगारीमा जाँदा नेपाली श्रमिकमाथि मानसिक तथा आर्थिक शोषण बढेको छ। साउदीमा कार्यरत नेपालीले भनेअनुसार काम, पारिश्रमिक तथा सेवासुविधा नपाउने समस्या छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com