काठमाडौं, १९ पुस । भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्।
भारतीय वायुसेनाको विशेष विमान आइएफसी ३१ बाट विहान साढे ८ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्। मन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन्।
उनी विमानस्थबाट बास बस्नका लागि व्यवस्था गरिएको नक्सालस्थित होटेल मेरिटमा गएर केहीबेर आराम गर्ने कार्यक्रम रहेको छ। त्यसपछि जंयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट थाल्नेछन्।
मन्त्री जयशंकरले विहान ११ बजे शिलत निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट भेटघाट गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि उनी दिउँसो १ बजे दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा सुरू हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले नेतृत्व गर्दै छन्।
प्रतिक्रिया दिनुहोस्