ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान एयरलाइन्सको विमान जलेर ध्वस्त हुँदा कसरी जोगिए सबै यात्रु र चालक दल ?


एबीसी न्यूज
पुस १८, २०८० बुधबार  १ : ०० बजे

काठमाडौं १८ पौष । टोकियोस्थित हानेदा विमानस्थलमा मंगलबार जापान एयरलाइन्सको विमान अवतरणका क्रममा आगलागी भयो । एयरबस ए३५० यात्रुवाहक विमानमा जापानको तटरक्षक सेनाको ढुवानी विमानसँग ठोक्किँदा आगलागी भएको थियो ।

उक्त दुर्घटनामा तटरक्षक सेनाको विमानमा रहेका पाँचजनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते छन् ।

आगो लागेर पूर्णरूपमा ध्वस्त भएको यात्रुवाहक विमानबाट भने ३६७ जना यात्रु र १२ चालक दलका सदस्य सबैजनाको सकुशल उद्धार भएको थियो ।

विमानमा रहेका सबै मानिसको सुरक्षित उद्धार हुँदा जापान एयरलाइन्सप्रतिको सुरक्षाको सन्दर्भमा विश्वास झनै बढेको छ भने आधुनिक विमानको डिजाइन र प्रविधिलाई लिएर समेत प्रशंसा भइरहेको छ ।

स्थानीय समयअनुसार मंगलबार साँझ ५ बजेर ४७ मिनेटमा दुईवटा विमान कसरी ठोक्किए भन्ने विषयमा अध्ययन भइरहेको छ ।

तर, त्यसअघि कसरी सबै यात्रु सकुशल रूपमा बाहिर आउन सके भन्ने विषय चर्चा पाइरहेको छ । विमान ठोक्किँदा विमानमा सवार यात्रुले ठूलो आवाज आएको र त्यसको केही मिनेटमा विमानभित्र धुँवा भरिएको बताएका छन् ।

धुँवा भरिएसँगै यात्रुहरू भुइँमा बसेको र आपत्कालीन ढोका खोलिएपछि त्यहाँबाट बाहिरिन थालेको अनुभव यात्रुहरूले सुनाएका छन् ।

केही यात्रुले आगो र धुँवा बढेसँगै आफूहरू नबाँच्ने अनुमान गरेको बताएका छन् ।

आगोका कारण एउटा मात्रै आपत्कालीन ढोका खुल्ने स्थितिले उद्धार झनै कठिन भएको बताइएको छ । चालकदलले विमानको पछाडि र बीचको ढोका खोल्न नसकिने भनेपछि सबै यात्रु अगाडिकै ढोकाबाट बाहिरिएका थिए ।

यात्रुहरू विमानको ‘इन्फ्लेटेबल स्लाइड’बाट तल हाम फालिरहेको भिडियो पनि सार्वजनिक भएको छ ।

सुरुको ९० सेकेन्डसम्म एयरबसको एउटा भागमा मात्रै आगो लागेका कारण सबैलाई बाहिर निकाल्न मिलेको बताइएको छ ।

चालकदलले कुन ढोका सुरक्षित छ भनेर थाहा पाइसकेपछि र जटिल परिस्थितिमा उचित निर्णय लिएसँगै यो उद्धार सफल भएको बताइएको छ । यसले उनीहरूलाई दिइने प्रशिक्षणको महत्त्व झल्किएको टिप्पणी समेत भइरहेको छ ।

विमानमा सवार एक यात्रुले सबैलाई बाहिर निस्कन करिब पाँच मिनेट लागेको र १० देखि १५ मिनेटमा पूरै विमानमा आगो फैलिसकेको बताएका छन् । २८ वर्षीय यात्रु त्सुबासा सावदाले यो उद्धारलाई चमत्कार भनेका छन् ।

विमानमा लागेको आगो निभाउन केही घण्टा लागेको थियो । २० भन्दा कम यात्रु र चालक दलका सदस्यलाई सामान्य चोटपटकको लागि उपचार गरिएको बताइएको छ ।

पछिल्लो समय निर्मित विमानको सुरक्षा नियमअन्तर्गत डिजाइनरले आधा मात्रै आपत्कालीन सुविधा उपलब्ध भएका बेला समेत ९० सेकेन्डमै पूरै विमान खाली गरेर देखाउनुपर्ने बेलायतको क्रानफिल्ड विश्वविद्यालयका उडान सुरक्षा विज्ञ ग्राहम ब्रेथवेटले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com