ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसमा युक्रेनी सेनाको बमले घाइते भएर फर्किएका प्रहरी जवानको बयान


एबीसी न्यूज
पुस १७, २०८० मंगलबार  ७ : १८ बजे

काठमाडौं १७ पौष । नेपाल प्रहरीका जवानलाई रुस पठाएको आरोपमा चार जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।

उनीहरुले ट्राफिक प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवानलाई भिजिट भिसामा रुस पठाएको आरोप छ। प्रतिमहिना ३ लाख रुपैयाँ कमाइ हुने प्रलोभनमा रुस पुगेका ती जवान अप्ठेरोमा परेपछि नेपाल फर्किएका थिए। उनले नेपाल फर्किएपछि दिएको जाहेरीको आधारमा प्रहरीले संलग्न चार जनालाई पक्राउ गरेको हो।

उनलाई रुस पठाउन संलग्न रहेको आरोपमा तेह्रथुमका शंकर लिम्बू, मोरङका राजीव भन्ने गोविन्द रिमाल, मोरङकै रविन घिमिरे र रुकुम पश्चिम घर भई विमानस्थलमा कार्यरत अधिकृत नरवीर खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अब अदालतमा थुनछेक बहस सुरु हुनेछ।

बमले घाइते भएर फर्किएका प्रहरी जवानको बयान
म नेपाल प्रहरीमा नोकरी गरी ट्राफिक प्रहरी वृत्त गौशाला काठमाडौँमा प्रहरी जवान पदमा कार्यरत थिएँ। त्यही बेला शंकर लिम्बूसँग भेट भयो।

उनले आफू काठमाडौँ धुम्बाराहीमा बसेर रुसमा भिजिट भिसामा पठाउने काम गर्ने बताए।

कमाइ र बसाइ समेत सहज हुन्छ, मैले धेरै नेपालीहरू पठाइ सकेको छु भनेका थिए। प्रतिमहिना ३ लाख जति कमाइ हुन्छ भनेपछि म पनि आकर्षित भएँ।

के काम गर्ने हो, अरुमा भन्दा औद्योगिक क्षेत्रमा काम गर्नुपर्छ भनी आश्वस्त बनाएका थिए। के कति खर्च लाग्छ भन्दा भिसा प्रोसेस समेत गरी नेपाली ३ लाख ५० हजार र रुस पुगेपछि हाम्रो मान्छे एयरपोर्टमा रिसिभ गर्न आउँछ उसलाई ४०० अमेरिकन डलर दिनुपर्छ भनेका थिए।

म सहमत भएँ। सुरुमा २० हजार रुपैयाँ शंकर लिम्बूलाई नगदै दिएँ। त्यसपछि टिकटको लागि १ लाख १० हजार नगद दिएँ।

अध्यागमन मिलाउन १ लाख ४० हजार र दुबईसम्म जान भिसाको लागि १ लाख समेत गरी ३ लाख ७० हजार दिएको थिएँ।

तीजको दिन मेरो सबै प्रक्रिया मिल्यो। अब रुस उड्नुपर्छ भनेकाले म परिवारसँग बिदा भई २०८० साल असोज १ गते रुस उडेँ।

त्यसरी रुस पुगेपछि निजले भनेका व्यक्ति मलाई लिन रुसको मस्को एयरपोर्ट आए। रुसमा काम लगाइदिने भन्दै ४०० अमेरिकन डलर लिई मस्कोमा सेनाको क्याम्पमा लगे।

मलाई झुक्याई रुसी सेनाको क्याम्पमा छिराई उनी फर्किए। त्यसपछि सम्पर्कविहीन भए। बल्ल थाहा पाएँ, म रुसी सेनामा भर्ती भएको रहेछु।

त्यहाँ अन्य नेपालीहरुलाई सोध्दा तिमीलाई कसले फसायो, अब बाहिर जान पाइँदैन, तलब पनि पाइँदैन र युक्रेनसँग लड्न जानु पर्छ भनेपछि म आश्चर्यचकित भएँ।

भाग्ने प्रयास गर्दा रुसी सेनाले कम्पाउन्ड घेरेको थियो। बाहिर निस्कन समेत नदिई मलाई बन्धक बनायो। १५ दिन तालिम गर्न लगाएर सीधै युक्रेनको बाखमत भन्ने ठाउँमा लग्यो।

त्यहाँ युद्ध लड्न लगायो। युद्ध लडने क्रममा युक्रेनतर्फ अगाडि नबढ्दा रुसी आर्मी कमान्डरले गोली हान्छु भनी धम्की दिन्थे।

बाध्यात्मक परिस्थित सिर्जना गरी युक्रेनविरुद्ध युद्ध लडन बाध्य पारियो। युद्धस्थलको अवस्था हेर्दा महिनौदेखि मारिएका व्यक्तिहरूका लास यत्रतत्र छरिएको अवस्थामा थिए।

मारिएका, मरेका व्यक्तिहरूको अभिलेख समेत थिएन। चिसो ठाउँ, खाना तथा पानी समेतको कुनै व्यवस्था नभएको, खालीपेट युद्ध लडनु पथ्र्यो।

रुसमा रहँदा कुनै पारिश्रमिक, तलब समेत नदिएको अवस्थाले म मानसिक रूपले विक्षिप्त भएको थिएँ। युद्धकै क्रममा युक्रेनी सेनाले ड्रोनबाट हानेको बम लागी म लगायत अन्य ८ जना साथीहरू घाइते भयौँ।

त्यसपछि मलाई उपचारको लागि भनी रुसले लुहान्स्क अस्पतालमा भर्ना गरायो। उपचारपश्चात पुनः युद्ध लड्न लैजाने रुसीहरूको योजना थियो।

उनीरूको पञ्जाबाट भाग्ने योजना अनुसार रुसीहरूको आँखा छली सादा पोसाक लगाएर अस्पतालबाट भागेँ। ४ दिनपछि मस्को पुगी नेपाल दूतावासको सम्पर्कमा गएँ।

राजदूतावासले २०८० मंसिर १४ गते मलाई नेपाल फर्की आउन अनुमति दियो। अनि म घरबाट ९० हजार रुपैयाँ मगाएर फर्किन सफल भएँ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com