काठमाडौं, ११ पौष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारायणगढ– बुटवल सडक नबनाउनेलाई धुलो चटाउने बताएका छन् । तीन दिन हिँडेर बुटवल पुगेका लामिछानले सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले कानुनी अड्चनमात्रै बाधक नबनेको बताउँदै उनले भने, “ठेकेदारलाई पैसा दिइएको छैन । काम गरेको पैसा सरकारले दिएको छैन । के कारणले निर्माण व्यवसायीलाई रकम भुक्तानी दिइएन ।”
उनले एक सय १३ किमि यात्रामा देखिएका समस्या एक एक गरेर उठाउने र गल्ती गर्नेलाई रास्वपाले धुलो चटाउने बताए । “जसले गल्ती गरेको हो,” उनले भने, “सडक नबनाउनेलाई रास्वपाले धुलो चटाउनेछ ।”
प्रतिक्रिया दिनुहोस्