ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेरामक्स खरिदविरुद्ध सांसदहरू एकजुट, बजेट निकासी र भुक्तानीदेखि प्रविधि नै ‘शंकास्पद’


एबीसी न्यूज

काठमाडौं, ११ पौष । संसद्को सार्वजनिक लेखा समितिले टेरामक्स योजना यथास्थितिमा राख्न निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम कम्पनीको आम्दानी, सेवाको गुणस्तरमाथि निगरानी गर्ने र ुफ्रडु नियन्त्रण गर्ने भनेर टेरामक्स योजना अघि सारेको थियो । प्राधिकरणले ०७४ सालमा अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्सको थप प्रक्रिया रोक्न बुधबार लेखा समितिले निर्देशन दिएको हो ।

टेरामक्स जडानको ठेक्का मूल्य, ठेक्काका लागि छानिएको कम्पनी, यसले प्रयोगकर्ताको गोपनीयतामाथि निम्त्याउन सक्ने जोखिम र प्रविधिको गुणस्तरलाई लिएर सुरुवातदेखि नै यो योजना विवादित बनेको थियो ।

दूरसञ्चार प्राधिकरणले कार्यविधि नै नबनाएर अघि बढाएको टेरामक्स जडान गर्न खोजेको थियो । तर, टेलिकम कम्पनीले ग्राहकको गोपनीयताको विषय उठाएका थिए ।

बुधबार लेखा समितिको बैठकमा समेत नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले टेरामक्सको विषय दुई करोड ग्राहकको गोपनीयतासँग जोडिएको बताएकी छन् ।

उनले भनिन्, “हामी कानुनको प्रतिक्षामा छौँ । हामीसँग काम गर्ने प्रणाली र रेभिन्यू एसोरेन्स सिस्टम छ । आवश्यक परेको बेला नियामक निकायले अनुगमन गर्न सक्छ ।”

बैठकको अन्तमा समितिका सभापति ऋषिकेश पोखरेलले टेरामक्स योजनामा नीतिगत निर्णय गरेको नदेखिएको र मूल सम्झौता समितिलाई प्राप्त नभएको भन्दै सम्पूर्ण प्रक्रिया हाललाई यथास्थितिमा राख्न निर्देशन दिए ।

समितिको बैठकमै टेरामक्स खरिदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७८ सालमा प्राधिकरणले मागेको १५ दिनमै पूरक बजेटका लागि सहमति दिएको विषय सार्वजनिक भएको छ ।

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले ०७८ कार्तिक १० मा प्राधिकरणले ७० करोड माग गरेको र कार्तिक २५ गते मन्त्रालयले सहमति दिएको बताए ।

बैठकमा सांसदहरूले टेरामक्स खरिदका लागि भएको बजेट निकासी र भुक्तानीसमेत शंकास्पद देखिएको बताएका थिए ।

सांसद मनिष झाले उद्देश्य र आशय स्पष्ट नदेखिएकाले शंका गर्ने ठाउँ रहेको बताए । राष्ट्र बैंकको निर्देशनविपरीत अन्तर्राष्ट्रिय कारोबारको अनुमति नलिएरै यसका लागि भुक्तानी कसरी भयो भन्दै उनले प्रश्न गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेरामक्सका लागि हालसम्म ५२ करोड रुपैयाँ ९सम्झौताको १७।३४५ प्रतिशत० भुक्तानी भएको उनले बताए । उनले यो भुक्तानी एलसी खोलेर गरिएको बताएका छन् ।

बैठकमा सांसद राजेन्द्र केसीले टेरामक्स खरिदका लागि लेबलानको कम्पनीसँग सम्झौता किन भयो र त्यसका लागि रातारात अर्बौंका कागजात कसरी बने भनेर प्रश्न गरे ।

बैठकमा सांसद केसीले भने, “टेरामक्स किन महँगो भयो रु राष्ट्र बैंकले पैसा गएको छैन भनेको छ रु कहाँबाट गयो रु ५० लाखको ल्यापटप आयो भनिएको छ, एक पटक हेर्न पाऊँ ।”

प्राधिकरणका अध्यक्ष खनालले उक्त ल्यापटप परीक्षणका लागि निःशुल्क आएको दाबी गरेका छन् । सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्राधिकरणका अध्यक्ष खनालले भने, “५० लाखको ल्यापटप फ्रीमा आएको हो । परीक्षणका लागि आएको हो । पछि भन्सारले क्लियर गरेको छ ।”

सांसद प्रदीप यादवले आमनागरिकको गोपनीयता भंग नहुने गरी कानुन बनाएर अघि बढ्नुपर्नेमा प्राधिकरणले आफूखुसी व्याख्या गरी कानुनविपरीत टेरामक्सले ल्याएको बताए ।

टेरामक्स लागु हुँदा राष्ट्रप्रमुख, प्रधानमन्त्रीदेखि सांसदको कल डिटेल निकालेर दुरुपयोग हुन सक्ने भन्दै यसलाई तुरुन्त रोक्न उनले माग गरे ।

प्राधिकरणका अध्यक्ष खनालले भने व्यक्तिगत कल डिटेल नहेरेर समग्र कल डिटेल रिपोर्ट ९सीडीआर० हेरिने बताउँदै यो अधिकार गोपनीयता ऐनमा समेत रहेको दाबी गरेका छन् ।

सांसद रामकृष्ण यादवले टेरामक्स जनताको हितमा भएको नभएको प्रश्न गरे । खरिद पारदर्शी नभएको र मुलुकको हितमा देखिएन भन्ने बुझाइ भएको भन्दै उनले यसलाई निष्कर्षमा पुर्‍याउन उपसमिति बनाएर काम गर्नुपर्ने धारणा राखे ।

सांसद गोकुल बास्कोटाले पनि यस विषयमा विज्ञ सम्मिलित छानबिन समिति बनाउनुपर्ने माग राखेका छन् ।

“सम्झौता समितिलाई बुझाउनुपर्छ । विदेशीसँग किन्ने अनि नेपालीमा तिर्ने भनिएको छ त्यो कसरी तिर्ने रु यूएनको च्याप्टर ७ मा परेको देश लेबनानसँग सम्झौता भएर साइप्रसमा पेमेन्ट गर्ने कुरा कसरी मिल्यो रु,” सांसद बास्कोटाले प्रश्न गरे ।

उनले टेरामक्स आवश्यक नभएको पनि जिकिर गरे । “कसको स्वार्थमा घिसार्नुपरेको हो रु नयाँ कुरा ल्याए भयो, यो आवश्यक छैन, यसलाई स्टप गरौँ,” सांसद बास्कोटाले भने ।

सांसद प्रेम आलेले पनि यो प्रविधि नचाहिएको जिकिर गरे । उनले टेन्डर आह्वान गर्दा २० कम्पनीले आवेदन दिए पनि क्यानडा र लेबनानका कम्पनीबीच मात्र प्रतिस्पर्धा गराएर एक अर्ब ६३ करोड भन्दा ठेक्का भएको बताए ।

“यो रकम घोटाला भएको छ । यो प्रविधि चाहिएकै छैन । यसलाई यथास्थितिमा रोकौँ । यसले राज्यलाई कंगाल बनाएको छ, छानबिन गरौँ र कारबाही गरौँ,” सांसद आलेले भने ।

सांसद हरि ढकालले टेलिकम कम्पनीहरू नाफामा भएको वर्ष टेरामक्स किन्ने योजना बन्नु शंकास्पद भएको टिप्पणी गरेका छन् ।

“नियामकहरूलाई खरिद गर्ने क्षेत्राधिकार हो रु यो तपाईंहरूको क्षेत्राधिकार हो रु,” प्राधिकरणलाई सांसद ढकालले प्रश्न गरे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com