ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय पाठ्यक्रममा इलाम र इलामको पर्यटन समावेश


admin

इलाम, १ फागुन । जिल्ला शिक्षा कार्यालयले अनौपचारिक शिक्षा केन्द्रको तह दुई अन्तर्गतकोे स्थानीय पाठ्यक्रममा इलामको वस्तुस्थिति र त्यहाँको पर्यटन क्षेत्र समावेश गरेको छ ।

चालू आर्थिक वर्षमा शुरु गरिएको उक्त पाठ्यक्रमअनुसार अनौपचारिक शिक्षाअन्तर्गत तह एक पूरा गरी साक्षर बनिसकेका १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई इलाम र इलामको पर्यटनका बारेमा पनि जानकारी दिने उद्देश्यले सो पाठ्यक्रम तयार पारिएको हो ।

दुई वर्षअघि साक्षर जिल्ला घोषित इलाममा निरन्तर शिक्षाअन्तर्गत तह दुईको सिकाइ शुरू गरिएको हो । उक्त पाठ्यक्रममा अन्य विषयवस्तुका साथै अनौपचारिक शिक्षा केन्द्रले देशभर तय गरेअनुसारको भए पनि स्थानीय पाठ्यक्रममा जिल्लाको पर्यटन राखिएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताउनुभयो ।

जिशिअ गौतमका अनुसार साक्षर जिल्ला घोषित हुँदा ४० हजार निरक्षरलाई साक्षर बनाइएकामा उनीहरूलाई नै निरन्तर शिक्षाअन्तर्गत तह दुईको पाठ्यक्रमअनुसार सिकाइनेछ । निरन्तर शिक्षाको एक चरणको कार्यक्रम सकिएको र अहिले दोस्रो चरणको कार्यक्रमअनुसार हालै सहजकर्तालाई तालीम दिइएको छ ।

त्यो सँगसँगै स्थानीयस्तरमा सम्भावना रहेको क्षेत्रको ज्ञान पनि सबै व्यक्तिले पाउनुपर्छ भन्ने उद्देश्यले इलामको हकमा यहाँको पर्यटनको विषय पाठ्यक्रममा राखिएको पनि उहाँले बताउनुभयो ।

सो पाठ्यक्रममा इलामको चिनारी, पर्यटन, प्रमुख पर्यटकीय गन्तव्यहरू, धार्मिक पर्यटकीयस्थल, सूर्योदय पर्यटन स्थल र पर्यावरणीय पर्यटनस्तलका आधारभूत जानकारी समावेश गरिएका छन् । यसबाट इलाम र यहाँको पर्यटन बुझ्न सबैले पाउने र आगामी दिनमा पर्यटन क्षेत्रमा चासो राख्नेलाई यसले सहयोग गर्ने आशा गरिएको छ ।

योबाहेक सोही तहको मूल पाठ्यक्रममा विवाह, सुरक्षित मातृत्व र शिशु स्याहार, सामाजिक कुरीति र विकृति, आयआर्जन, बहिनीलाई चिठी, पोषिलो खाना, रोगजस्ता विषय छन् । त्यस्तै हाम्रा मौलिक हक, कम्प्यूटर र इन्टरनेट, प्राथमिक उपचार, सहकारी, हाम्रा आँखा खुले, परिवारका इच्छा, मुद्राको चिनारी र योग तथा शारीरिक व्यायामजस्ता विषय तह दुईमा सिकाइ हुने गरी पाठ्यक्रममा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

धरानमा डेंगुको महामारी : २ महिनामा ७ जनाको निधन

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण

चौतर्फी विरोधपछि सांसदहरूलाई ल्यापटप बाँड्ने योजनाबाट पछि हट्यो कोशी प्रदेशसभा

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com