ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवालाई दलको नेताबाट हटाउने विषय कसरी उठिरहेको छ ?


एबीसी न्यूज

काठमाडौं, ११ पौष । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई संसदीय दलको नेताबाट हटाउन इतर समूह भित्रभित्रै अघि बढेको छ ।

ठिक एक वर्षअघि भएको नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा नेता चयन भएका थिए । ८९ सदस्यीय कांग्रेसमा थापाले जम्मा २५ मत प्राप्त गरेका थिए भने देउवाले ६४ मत पाएका थिए ।

देउवा इतर समूहको बैठकमा त्यसबेला ३२ मतको आकलन भए पनि थापाले २५ मत मात्रै प्राप्त गरेका थिए । उनलाई आफ्नै समूहका सांसदले मत नदिए पनि त्यसबेला नै दृढताका साथ भनेका थिए– म संसदीय दलको नेता परिवर्तन गर्न आजैदेखि लागिरहन्छु । जहिले सकिन्छ त्यसैदिन परिवर्तन गर्ने हो ।”

ठिक एक वर्ष पुग्नै लाग्दा उनै थापाले आफ्नो समूहको बैठकमा भने– संसदीय दलको नेता परिवर्तनमा लागौँ । शेखर कोइरालालाई उमेदवार बनाएर अघि बढौँ ।”

इतर समूहका एक नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीका क्रममा भने, “हामीले शेरबहादुर देउवासँग रहेका सांसदहरुसँग पनि लगातार छलफल गरेका छौँ । अहिले हामीलाई हतार त छैन तर सरकारको नेतृत्त्व कांग्रेसलाई आउने बेलासम्म हामी दलको नेता परिवर्तन गर्न सकिन्छ भन्ने अवस्थामा चाहिँ पुगेका छौँ ।”

माओवादीसँगको समझदारीअनुसार अर्को वर्ष सरकारको नेतृत्त्व कांग्रेसले पाउनेछ । देउवा, २०५२ भदौ २६ यता पाँचपटक प्रधानमन्त्री भइसकेका छन् । उनले सत्ता गठबन्धनमा छैठौं पटक प्रधानमन्त्री बन्ने सहमति गरी पालो कुरिरहेका छन् ।

देउवाका आलोचकहरू भन्छन्– अहिले उहाँको ध्यान दुईवटा कुरामा मात्रै छ, पहिलो आफू प्रधानमन्त्री बन्ने, दोस्रो कांग्रेसको राजनीतिमा आरजु राणालाई स्थापित गर्ने ।”

मंसिर २७ मा इतर समूहको बैठकमा महामन्त्री थापाले नै कोइरालालाई दलको नेता बनाउन अघि बढ्नुपर्ने धारणा राखेपछि यो विषयले पार्टीभित्र तरंग सिर्जना भएको छ ।

“छिटो भन्दा छिटो शेखर कोइरालालाई संसदीय दलको नेता बनाएनौँ भने ०८२ होइन ०८४ मा पनि महाधिवेशन नहुन सक्छ,” महामन्त्री थापाले भनेका थिए, “त्यसैले हामीबीच खेल्ने भन्दा डा। शेखरलाई संसदीय दलको नेता बनाउन एकजुट भएर लागौं ।”
भेलाकै भोलिपल्ट विराटनगर पुगेका डा। कोइरालालाई पत्रकारले प्रश्न गर्दा उनले संसदीय दलको नेता फेर्न पर्याप्त संख्या आफूहरुसँग नरहेको हुँदा तत्काल नेता नफेरिने बताए ।

“लोकतन्त्रमा अंकको खेल हुन्छ,” डा। कोइरालाले भनेका थिए, “हामीसँग दलको नेता फेर्ने संख्या पुगिसकेको छैन ।”

“देउवा पक्षका सांसदहरू नै यो अभियानमा हुनुहुन्छ,” ती नेताले बाह्रखरीसँग भने, “उहाँहरुले पार्टीको सभापति एउटा हुने तर, प्रधानमन्त्रीका रुपमा देउवाले नै कार्यकारी नेतृत्व गर्दा कांग्रेसको नेतृत्व विकास र एकीकृत शक्तिमा पनि क्षयीकरण हुन सक्छ भनेर उहाँहरुले दलको नेता फेर्नु मनासिव हुने तर्क राख्नुभएको छ ।”

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने सभापति देउवालाई संसदीय दलबाट हटाउन सम्भव नभएको बताउँछन् ।

उनी देउवाले लेखेर दिएको अवस्थामाबाहेक कसैले आँट पनि गर्न नसक्ने टिप्पणी गर्छन् । उनी भन्छन्, ‘‘यस्तो अप्रासंगिक कुरा किन गरिँदैछ, मैले बुझ्न सकेको छैन ।’’ उनी कसैले चिया गफ गर्नु स्वाभाविक भए पनि महामन्त्री जस्तो पदाधिकारीबाट आउनु अस्वाभाविक भएको बताए ।

“महामन्त्रीका कुराले चर्चा पाए पनि उहाँलाई नै गैरजिम्मेवार सावित गर्छ,” विश्वकर्माले भने ।

यसरी बनेका थिए देउवा पाँचौ पटक प्रधनमन्त्री

देउवाका हकमा राजनीतिक परिस्थिति हेर्दा पाँचौंपटक प्रधानमन्त्री बन्ने सम्भावना पनि थिएन । २०७४ को चुनावी प्रचारका क्रममा देउवाले कैलालीमा भनेका थिए– ‘मलाई ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छस् भनेका छन् ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पल्ट गरेको संसद् विघटनपछि सर्वोच्च अदालतको परमादेशमा देउवा पाँचौंपल्ट प्रधानमन्त्री बनेका थिए ।

संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतले पालो पर्खिरहेका देउवालाई प्रधानमन्त्रीको कुर्सीमा छैठौंपल्ट पुग्नुअघि फेरि दलको नेतामा प्रतिष्पर्धा गर्नुपर्ने अवस्था भने पक्कै आउने इतर समूहका सांसदहरूको बुझाइ छ ।

त्यसबेला पनि सहज भने नभएको ती सांसदको प्रतिक्रिया छ ।

“राजनीतिक हिसाबकिताब देउवालाई जति थाहा भएको नेता कमै छन्,” उनले भने ।

‘ज्योतिषले सातपटक होइन ५ पटक नै भनेका हुन्’

देउवा निकट एक नेताका अनुसार, रूपन्देहीका एक ज्योतिषीले देउवालाई पाँचपटक नै प्रधानमन्त्री बन्छ भनेका हुन् । सात पटक भनेर देउवाले अर्को ज्योतिष खोजेका हुन् वा आफैँले भनेका हुन् भन्ने विषयमा भने उनी यकिन छैनन् ।

उनै गंगाधर ज्योतिषीले २०३५–३६ तिर कृष्णप्रसाद भट्टराई ‘किशुनजी’लाई देशको प्रधानमन्त्री हुने घोषणा गरेका थिए ।

कृष्णप्रसाद भट्टराईसहितका नेताहरु सोही बेलामा कांग्रेसको एक कार्यक्रममा स्याङ्जाको वालिङ पुगेका थिए । कांग्रेसकै नेताहरूले ‘धुरन्धर ज्योतिष’ भएको भन्दै गंगाधर ज्योतिषीको नाम लिएका थिए ।

त्यसपछि किशुनजी ज्योतिषको घर गएर भेटेका थिए । त्यसबेला उनले देशको प्रधानमन्त्री बन्ने घोषणा गरेका थिए । भट्टराई ०४७ सालमा अन्तरिम सरकारको प्रधानमन्त्री र ०५६ सालमा निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

त्यसबेला किशुनजीसँगै रहेका देउवाले भने पछिसम्म ज्योतिष गंगाधरलाई मान्दै आएका थिए । रुपन्देही बसाईं सरेका ज्योतिष गंगाधरलाई भेट्न देउवा बारबार जाने गरेको उनी निकट एक नेताले बताए ।

“अरुलाई आफ्नो जन्मकुण्डली बताउन चिना बोकेर हिँड्नुपर्छ । तर, देउवालाई सधैँ आफ्नो कुण्डलीकण्ठ हुन्छ,” देउवा निकटका ती नेताले बाह्रखरीसँग भने, “उहाँलाई त ग्रहको स्थान परिवर्तनका विषयमासमेत जानकारी हुन्छ । उहाँ त फलादेश बुझ्न मात्र जानुहुन्छ । तर, गंगाधरजीलाई देउवाले असाध्यै मान्नुहुन्थ्यो ।”

ती नेताका अनुसार गंगाधरले देउवालाई पाँच पटक प्रधानमन्त्री बन्छौ भनेका हुन् ।

“एकपटक त देउवाजी ज्योतिषकहाँ जाँदा म पनि सँगै गएको हुँ । ज्योतिषले उहाँलाई पाँचपटक देशको प्रधानमन्त्री बन्छौ भन्नुभएको थियो,” ती नेताले भने, “उहाँले ०७४ को चुनावमा सात पटक बन्छस् भनेको कुरा भन्नुभयो । त्यो ओलीलाई जवाफ मात्र हो वा अरु कोही ज्योतिषकै कुरा भन्नुभएको हो । मैले बुझ्न सकेको छैन ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com