ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागूऔषध मधेशमा जघन्य अपराधको जड बन्दै


एबीसी न्यूज

काठमाडौं, १० पौष । धनुषाको सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया राखी यादव मंसिर ७ गते साँझ छिमेकीको मटकोर विवाहअघि गरिने एक साँस्कृतिक कर्म हेर्न सतोखर पोखरी पुगेकी थिइन् । मटकोर सकिएर सबै घर फर्किए, तर राखी आइपुगिनन् ।

परिवारका सदस्यहरुले राति नै सोधखोज गरे । भोलिपल्ट तालिम प्राप्त कुकुरसहित प्रहरी पनि खोजीमा जुट्यो, राखी भेटिइनन् । साँझ सतोखर पोखरी नजिकै खाल्डोमा जमेको पानी दमकलले सुकाउँदा राखीको शव भेटियो ।

 

‘हामी दिनभर खोज्यौं, साँझसम्म नभेटेपछि खाल्डोमै हुनसक्ने आशंकामा सकाउने काम गर्‍यौं । त्यसमै बालिकाको शव फेला भेटियो’, धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवा भन्छन् ।

उनका अनुसार बलिकाको शव हेर्दा अत्यन्त क्रुरतापूर्वक हत्या भएको देखिन्थ्यो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई किशोरलाई पक्राउ गर्‍यो । दुबैले अभियोग पनि स्वीकार गरे ।

 

प्रहरीका अनुसार दुबै किशोर लागूऔषध प्रयोगकर्ता हुन् । एक अनुसन्धान अधिकृतका अनुसार मटकोरको बेला मादक पदार्थसँगै लागूऔषध सेवन गरेका थिए । उनीहरुले रथमा खेलिरहेकी राखीलाई बेपत्ता बनाएको र बलात्कार गरेर हत्या गरेपछि शव खाल्डोमा फालेको अन्ुन्धानका क्रममा खुलेको छ ।

 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ हनुमाननगरमा एक बालकको लागूऔषध सेवनकर्ताबाट हत्या भएको छ । मावलीमा बस्दै आएका ११ वर्षीय आदित्य ठाकुर ३० मंसिरमा राति अबेरसम्म घर फर्किएनन् । परिवारका सदस्यले खोेजे, नभेटेपछि प्रहरीलाई खबर गरे ।

प्रहरीको सहयोगमा खोजी गर्ने क्रममा घरभन्दा पर आदित्य रक्ताम्य अवस्थामा फेला भेटिए ।

‘उपचारको लागि प्रादेशिक अस्पताल भर्ना गरायौं, तर उपचारकै क्रममा मृत्यु भयो’, डीएसपी रञ्जन अवाले भने । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय २६ वर्षीय सञ्जय साह र २४ वर्षीय बादललाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा आदित्य मधेश प्रदेशसभा भवन नजिकै मोबाइल चलाइरहेका बेला दुबै पुगेका थिए । लागू औषध सेवन गरेका उनीहरुले मोबाइल मागे, नदिएपछि बाँसको भाटाले हिर्काए । ‘मरणासन्न हुने गरी कुटेपछि भागेको दुबैले वयान दिएका छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

प्रहरी अधिकृतहरुका अनुसार हत्याका घटनाभन्दा धेरै चोरी, डाँका, महिला तथा घरेलु हिंसा जस्ता अपराधमा समेत लागूऔषध सेवनकर्ताको संलग्नता देखिने गरेको छ ।
लागूऔषधको नशामा बालकको हत्या गरेको प्रहरीको निष्कर्ष छ । धनुषाका प्रहरी उपरीक्षक ९एसपी० मित्रबन्धु शर्मा भन्छन्, ‘दुबै घटनामा आरोपी लागूऔषध सेवनकर्ता रहेको देखाएको छ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा धनुषामा ७ जनाको हत्या भएको छ, जसमध्ये तीनवटा घटनामा लागूऔषध सेवनकर्ता संलग्न छन् । मधेश प्रदेशका ८ जिल्लामा ५७ जनाको हत्या भएको छ ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरले उपलब्ध गराएको तथ्यांकमा अघिल्लो आर्थिक वर्ष २०७८र०७९ मा ९६ जना र २०७९र०८० मा १०६ जनाको हत्या भएको थियो । धेरै अपराधमा लागूऔषध जोडिन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतो बताउँछन् ।

यद्यपि हत्या, बलात्कारजस्ता जघन्य अपराधको मुद्दा लागूऔषधभन्दा ठूलो भएको र लागूऔषध प्रमाणित गर्न समस्या हुने भएकाले तथ्यांकमा भने नखुलाएको उनले बताए ।

प्रहरी अधिकृतहरुका अनुसार हत्याका घटनाभन्दा धेरै चोरी, डाँका, महिला तथा घरेलु हिंसा जस्ता अपराधमा समेत लागूऔषध सेवनकर्ताको संलग्नता देखिने गरेको छ । ‘पछिल्लो समय बढेको चोरी घटनामा ८० प्रतिशतभन्दा बढी लागूऔषध सेवनकर्ता देखिन्छ’, एक अनुसन्धान अधिकृतले भनेका छन् ।

सर्लाहीका प्रहरी प्रमुख ९एसपी० प्रविन धितालका अनुसार प्रायः लागूऔषध सेवनकर्ता २५–३० वर्षमुनिका हुन्छन् । ‘ड्रग्सको लतमा परेपछि अभिभावक भन्दा टाढा हुने चोरी, कुटपिट, ग्याङफाइट जस्ता क्रियाकलाप गर्ने गरेको पाइन्छ’, उनले भने ।

प्रहरीका अनुसार मधेश प्रदेशमा दैनिक औसत ३ जना लागूऔषधसहित पक्राउ पर्ने गरेका छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७र०७८ मा लागूऔषधसहित ९९९ जना व्यक्ति पक्राउ परेका थिए । आर्थिक वर्ष २०७८र०७९ मा यो संख्या बढेर १ हजार २८५ पुग्यो । आर्थिक वर्ष २०७९र०८० मा भने बढेर १ हजार ३०४ व्यक्ति लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामै ४३७ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्याम महतोले जानकारी दिए । पक्राउ परेकाहरु प्रायः ३० वर्षभन्दा मुनिका छन् । उनीहरुबाट गाँजा, चरेस, ब्राउन सुगर, अफिम, हिरोइनका साथै अरु लागू औषध बरामद भएको छ ।

पाँच महिनामै प्रहरीले आठवटै जिल्लाबाट २ हजार ६८३ किलो गाँजा, ४७ किलो चरेस, ८६ ग्राम र ३२७७ मिलीग्राम हिरोइन, १७ हजार २३९ ट्याबलेट, १ हजार ५३१ बोतल र १४ हजार ४०५ इन्जेक्सन बरामद गरेको प्रहरीको तथ्यांकमा छ । खुल्ला सीमाका करण भारतबाट शरीरको विभिन्न भागमा लुकाएर, मोटरसाइकलको ट्यांकी तथा खाद्यान्नको बोरामा लुकाएर समेत लागूऔषध ल्याउने गरिएको सर्लाहीका एसपी प्रविन धिताल बताउँछन् ।

सर्लाहीको मलंगवा नगरपालिका–८ दशगजा क्षेत्रमा बरहथवा नगरपालिका–५ का २२ वर्षीय इजरुल महम्मद शेष पुस १ गते दिउँसो मृत फेला परे । शरीरमा घाउखत थिएन, मुखबाट फिज आएको थियो । प्रारिम्भक अनुसन्धानबाट उनको अत्यधिक लागऔषध सेवनकै कारणले मृत्यु भएको प्रहरीको निष्कर्ष छ । उनी लागूऔषध सेवनकर्ता भएको र त्यसकै लागि सीमापारी गएर फर्किरहेको बेला मृत्यु भएको प्रहरीको भनाइ छ ।

लागू औषधको कुलतमा फसेकाहरुको उपचार र पुजर्स्थापनामा काम गर्दै आएको पुनर्जीवन नेपालका संस्थाका प्रमुख कार्यकारी अधिकृत अजितम पाण्डेका अनुसार सबभन्दा बढी साथीहरुको लहैलहैमा लागेर कुलतमा फस्छन् । कतिपय परिवारिक माहोलले गर्दा पनि लागूऔषधको कुलतमा फस्ने गरेका छन् ।

उनका अनुसार २र३ प्रतिशतलाई कुलतमा फस्नेबित्तिकै घरपरिवारले पुनर्स्थापना केन्द्रमा राख्छ भने ९७ प्रतिशले जबसम्म अपराधमा लाग्दैनन्, तबसम्म सुधार केन्द्रमा लग्दैनन् । कुलतमा फसेकाहरुलाई पूर्ण रुपमा सामान्य अवस्थामा फर्काउन कम्तिमा ६ महिनादेखि एक वर्ष लाग्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com