ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा थन्डर्सलाई हराउँदै एनएसएलको फाइनलमा प्रवेश गर्‍यो धनगढी


एबीसी न्यूज

काठमाडौं, १० पौष । दशरथ रंगशालामा सोमबार लाग्थ्यो, धनगढीलाई जिताउन प्रकृति नै मिहिनेत गरिरहेको छ । नेपाल सुपर लिग एनएसएलको पहिलो क्वालिफायरमा धनगढीले पोखरा थन्डर्सलाई पेनाल्टीमा हराउँदै फाइनलको यात्रा तय गर्‍यो ।

यी दुई टिमले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबलको उच्च रोमाञ्चकता प्रदान गरे । सोमबारको खेलले गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको फाइनल अर्जेन्टिना र फ्रान्सबीचको खेल सम्झाइरहेको थियो ।

पेनाल्टीमा युगलकिशोर राईको धनगढी एफसी भाग्यशाली बनेपछि एनएसएलको फाइनलमा प्रवेश गर्‍यो । खेलमा पोखराले तीन पटकको अग्रता जोगाउन सकेन । निर्धारित र अतिरिक्त समय २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णयका लागि पेनाल्टी आवश्यक परेको हो । जसमा धनगढीले नतिजा ४–३ ले आफ्नो पक्षमा पार्दै लगातार दोस्रो पटक फ्रेन्चाइज लिगको फाइनल यात्रा तय गर्‍यो ।

पहिलो हाफमा पोखरा १–० ले अघि थियो । मार्की आयुश घलानले पाँचौं मिनेटमा नै पोखरालाई अग्रतामा राखेका थिए । तर, दोस्रो हाफमा धनगढी खेलमा फर्कियो । ५४औं मिनेटमा कप्तान देवेन्द्र तामाङले गोल गर्दै साविक उपविजेतालाई खेलमा फर्काए ।

निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा पुनः पोखराले अग्रता बनायो । १०२औं मिनेटमा फ्रयांकलीन टलाको हेडर गोलमार्फत पोखराले २–१ को अग्रता बनाएको थियो ।

तर, अतिरिक्त समयको अन्तिम मिनेट पोखरा सम्हालिन सकेन । १२०औं मिनेटमा अहमद हिजाजीले सनसनीपूर्ण गोल गर्दै धनगढीलाई खेलमा फर्काए । अन्तिम मिनेटमा खेल चलिरहँदा रंगशालामा उपस्थित केही दर्शक पोखराको जितलाई स्वीकार गरेर घर फर्किन गेटतर्फ अघि बढ्दै थिए । तर, अन्तिम मिनेटमा हिजाजीको सनसनीपूर्ण गोलले दर्शकलाई पेनाल्टीसम्म कुर्नुपर्ने बनायो ।

“हाम्रो लागि निकै गाह्रो थियो । हामी पेनाल्टीसम्म आइपुग्दा पनि पछि परिरहेका थियौं,” खेलपछि जितको भावना पोख्दै धनगढीका मुख्य प्रशिक्षक युगलकिशोर राईले भने ।

पहिलो क्वालिफायरलाई एनएसएलको अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक खेल बताउने राईको प्रतिकृयामा सायदै कसैको आपत्ति होला । खेलका दौरान भएका करिब एक दर्जन बढी आक्रमणले पनि राईको दाबीलाई समर्थन गर्छ । राईले यो जितको श्रेय भगवानलाई दिन कुनै हिचकिचाहट देखाएनन् ।

“आजको खेल यो एनएसएलकै सबैभन्दा उत्कृष्ट खेलमध्येको एक थियो । फुटबलमा तीन पटक कमब्याक गर्न एकदमै गाह्रो कुरा हो । हाम्रा खेलाडीहरू अन्तिमसम्म जसरी खेले, त्यसले हामी यो जितका लागि योग्य छौँ भन्ने देखाउँथ्यो । भगवानले पनि हाम्रो मिहिनेतलाई हेरेजस्तो लाग्यो,” राईले थपे ।

१२० मिनेटको खेलमा दुई पटकको अग्रता जोगाउन नसकेपछि पोखरा पेनाल्टीसम्म धकेलियो । पेनाल्टीमा पनि पोखराले नै अग्रता बनाएको थियो । तर, पोखराले त्यसको पनि फाइदा उठाउन सकेन । पोखराका मुख्य प्रशिक्षक नवीन न्यौपाने पनि मान्छन्, धनगढीको दिन थियो ।

“आज धनगढीकै दिन रहेछ भन्ने महसुस भयो । हामीले पेनाल्टीमा पनि लिड गरेका थियौं,” न्यौपानेले भने ।

पेनाल्टीमा आयुशको असफल ‘पेनेन्का’
पेनाल्टीमा पहिलो प्रहारका लागि धनगढीका रिचार्ड ओसेई आएका थिए । उनले कुनै गल्ती नगरी बललाई जाली चुमाए ।

खेलको अन्तिम मिनेटमा गोल गर्दै धनगढीलाई बराबरीमा फर्काएका हिजाजी पेनाल्टीमा भने सफल हुन सकेनन् । हिजाजीको प्रहार गोलकिपर प्रिसोले बचाएपछि पोखरालाई एक गोलको ‘एडभान्टेज’ भएको थियो ।

धनगढीबाट ओसेई र दोस्रो प्रहारका लागि आएका फोडे फोफानाले कुनै गल्ती गरेनन् । तर, तेस्रो प्रहारका लागि आएका हिजाजीको प्रहारलाई प्रिसोले रोके ।

पोखराबाट पहिलो प्रहारका लागि आएका कप्तान दिनेश राजवंशी, दोस्रोका प्रहारका लागि आएका एन्जल महर्जन, तेस्रोमा आएका सुरजजिउ ठकुरीले गोल गरेपछि ३–२ को अग्रता बनाएको थियो ।

यसपछि धनगढीबाट चौथो र पाँचौं प्रहारका लागि आएका आशिष चौधरी र देवेन्द्र तामाङले गोल गरे । तर, पोखराका चौथो र पाँचौं प्रहारमा भने धनगढीका गोलकिपर मोहमद ताहा पर्खाल बने । पोखराबाट चौथो नम्बरमा आएका मोसेस ग्यावाको प्रहारलाई ताहाले रोके ।

यसपछि धनगढीबाट पाँचौं नम्बरमा आएका कप्तान देवेन्द्रले गोल गर्दा पेनाल्टी ४–३ को अवस्थामा थियो । अर्थात, पेनाल्टीलाई सडन डेथसम्म लम्ब्याउन पोखरालाई पाँचौं पेनाल्टी गोल गर्नै पर्ने दबाब थियो ।

पाँचौं प्रहारका लागि आएका आयुशले पेनाल्टीमा नेपाली फुटबलमा विरलै देख्न पाइने प्रयोग गरे । तर, त्यो सफल हुन सकेन । आयुशको ‘पेनेन्का’ प्रहारलाई ताहाले सहजै नियन्त्रणमा लिएपछि धनगढीले सनसनीपूर्ण जित निश्चित गर्‍यो ।

“त्यो स्थितीमा आयुशले जुन पेनाल्टी हाने, गोल हान्छु नै भनेर हानेका होलान् । तर, स्तरीय खेलाडीले कठिन अवस्थामा त्यस्तो पेनाल्टी हान्नुले पेनाल्टीलाई सहज रुपमा लिएको महसुस भयो । गोल भएको भए उनी हिरो हुन्थे । कति राम्रो गोल भन्थे होला सबैले । तर, त्यो नहुँदा लापरवाही गरेजस्तो देखियो,” आयुशले लिएको पेनाल्टीप्रति पोखराका प्रशिक्षक न्यौपाने सन्तुष्ट भने देखिएनन् ।

न्यौपानेले भनेजस्तो आयुशको त्यो पेनाल्टी गोल भएको भए उनी चर्चित हुन्थे । नहुन् पनि कसरी, आजसम्म नेपाली फुटबल सायदै कसैले त्यसरी ‘पेनेन्का’को प्रयोग गरेको होला ।

पेनाल्टीमा ‘पेनेन्का’ प्रहार गर्दा खेलाडीले शारीरिक बल प्रयोग गर्दैनन् । यसमा बललाई हल्का ‘चिप’ गरेर सोझै प्रहार गरिन्छ । पेनाल्टीमा गोलकिपरले पोस्टका दुई भागमध्ये एकतर्फ ‘डाइभ’ हान्दा ‘पेनेन्का’ सोझै निक्कै सुन्दर र सरल गोल देखिन्छ । सन् १९९७ को युरोपियन च्याम्पियनसिपको फाइनलमा पश्चिम जर्मनीविरुद्ध चेक गणतन्त्रका एन्टोनिन् पेनेन्काले पहिलो पटक यस्तो पेनाल्टी प्रहार गरेकाले यसको नाम ‘पेनेन्का’ रहन गएको हो ।

तर, सोमबार आयुशले लिएको यो चुनौती असफल बन्दा पहिलो क्वालिफायर जित्दै फाइनल पुग्ने पोखराको लक्ष्य पूरा हुन पाएन । हारका बावजुद पोखरा प्लेअफबाट बाहिरिसकेको भने छैन । पोखराले अब इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको इलिमिनेटरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी मंगलबार दशरथ रंगशालामै भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com