काठमाडौं, १० पौष । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ गतेबाट १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो ।
मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्यान्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बिमा कम्पनीको समेत सहभागिता रहनेछ ।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिने जानकारी दिए । मेला अहिलेको देशको आर्थिक अवस्था केही असहज भए पनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने उनले बताए ।
यस वर्ष २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार मेहलामा हुने अपेक्षा राखेको उनले जानकारी दिए ।
कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला सुरु हुनुले थप सहजता थप्ने उनको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसले गर्ने आयोजकको आंकलन छ ।








प्रतिक्रिया दिनुहोस्