काभ्रे, १० पुस । काभ्रेमा कोठामा हिटर बालेर सुतेका दम्पतीमध्ये श्रीमानको मृत्यु भएको छ भने श्रीमती सिकिस्त बिरामी भएकी छन् । नमोबुद्ध नगरपालिका–१ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको निसासिएर मृत्यु भएको काभ्रे प्रहरकिा डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अुनसार लामा दम्पती झ्यालढोका बन्द गरी कोठामा हिटर र फलामको कराइमा आगो बालेर सुतेको थियो ।निसास्सिएर मृतक पत्नी ८१ वर्षीया असनी लामा अचेत भएकी छन् । बिहान ८ बजेसम्म नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुबै जना बेहोस अवस्थामा फेला परेका प्रहरीको भनाइ छ । असनीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ








प्रतिक्रिया दिनुहोस्