ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी


एबीसी न्यूज

काठमाडौ ९ पौष । पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो ।देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार त्रिशूली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि सस्पेन्सन डिभिजन कार्यालयमा पत्राचार गरिएको छ ।

त्यहाँको प्राविधिक टोलीले स्थलगत अध्ययन गरिसकेको र चाँडै आवश्यक मर्मतसम्भार गर्ने उनले जानकारी दिए । मेलामा भक्तजनको सङ्ख्या विगतको तुलनामा बढ्ने अनुमान गरिएको छ । बरालका अनुसार यस वर्षको साउन महिनाको सोमबार, सद्विज छर्ने दिन र अन्य विशेष दिनमा भक्तजन बढी आएकाले माघेसङ्क्रान्तिमा पनि बढ्ने अनुमान गरिएको हो ।

गत वर्ष माघेसङ्क्रान्ति मेला भर्न तीन लाख हाराहारी भक्तजन देवघाट आएको अनुमान गरिएको थियो । बरालका अनुसार यो वर्ष पाँच लाख हाराहारी भक्तजन आउने अनुमान छ ।यसैअनुरुप आवश्यक सुरक्षा, धुनी, ट्राफिक व्यवस्थापन, पार्किङ, सरसफाइ, बत्ती, शौचालय, खानेपानीलगायत व्यवस्थापनका लागि गृहकार्य भइरहेको छ । नदीमा हुनसक्ने दुर्घटनाको पूर्वतयारीका लागि सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायका अङ्ग परिचालन हुँदैछ ।

यही पुस १३ गते चितवन, तनहुँ र नवलपरासीका प्रमुख जिल्ला अधिकारीसहित सरोकार भएकाको बैठक बसेर विभिन्न जिम्मेवारी बाँडफाँट गरिने उनले जानकारी दिए।देवघाट कालीगण्डकी र त्रिशूलीको सङ्गममा रहेको छ । एकातर्फ कालीगण्डकी अर्कातर्फ त्रिशूली नदी प्रवाहित भएर यी दुईको सङ्गमस्थल नै देवघाट हो । यहाँ माघेसङ्क्रान्तिमा देवता पनि स्नान गर्न आउँछन् भन्ने किंवदन्ती रहेको छ । यहाँ स्नान गरेमा मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com