ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाल सागरमा २५ भारतीय सवार जहाजमा हुथीको आक्रमण


एबीसी न्यूज

काठमाडौं, ८ पौष । कच्चा तेलको ट्यांकर बोकेको २५ भारतीय चालक दलका सदस्य सवार पानीजहाजलाई लाल सागरमा हुथी विद्रोहीले ड्रोन आक्रमण गरेको बताइएको छ ।

ड्रोन ठोक्किएपछि उक्त कच्चा तेलको ट्यांकरले सोही क्षेत्रमा रहेको अमेरिकी युद्धपोतलाई आपतकालीन फोन गरेको अमेरिकी सेनाले जनाएको छ ।

ग्याबोनको स्वामित्वमा रहेको एमभी साइबाबा नाामक ट्यांकरमा आक्रमणबाट कुनै क्षति भने नभएको र जहाजमा रहेका २५ भारतीय सकुशल रहेको अमेरिकी केन्द्रीय कमाण्डले पुष्टि गरेका छन् ।

यसअघि आज अमेरिकी सेन्ट्रल कमाण्डले हुथी विद्रोहीको आक्रमणमा परेका दुईवटा युद्धपोतमध्ये एउटा भारतको झन्डा भएको दाबी गरेको थियो ।

यद्यपि, भारतीय नौसेनाले एक विज्ञप्ति जारी गर्दै त्यसमा ग्याबोन झन्डा भएको र जहाजले भारतीय ढुवानी दर्ताबाट प्रमाणीकरण प्राप्त गरेको बताएको हो ।

यसबीच शनिबार नै हिन्द महासागरमा इरानबाट प्रक्षेपण गरिएको ड्रोनले एक रासायनिक ट्यांकरमा आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ ।

पेन्टागनले केम प्लुटो जहाज भारतको तटबाट करिब ३७० किलोमिटर टाढा रहेको स्थानीय समयअनुसार बिहान १० बजे आक्रमण भएको बताएको छ ।

आक्रमणपछि जहाजमा लागेको आगो निभाइएको र कुनै हताहत हुनबाट जोगिएको बताइएको छ ।

इजरायलले गाजामा गरिरहेको आक्रमणलाई लिएर रुस्ट यमनमा रहेका इरान समर्थित हुथी विद्रोहीले लाल सागरबाट यात्रा गरिरहेका जहाजमा ड्रोन र रकेट आक्रमण गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com