काठमाडौ ८ पौष । काठमाण्डौ महानगरपालिकाले केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक ९दोभासे० राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर काठमाण्डौ महानगरले दोभासे राख्न लागेको हो।
नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ काठमाण्डौ महानगरपालिका सामाजिक समिति संयोजक रामकुमार केसीले भने।उनका अनुसार साङ्केतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले महानगरको सेवाबाट वञ्चित हुन नपरोस् भनेर यस्तो किसिमको व्यवस्था गर्न लागिएको हो ।








प्रतिक्रिया दिनुहोस्