काठमाडौ ६ पौष । आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई ललाई फकाई होटलरगेष्ट हाउसहरुमा वेटर तथा सरसफाईको काममा लगाई दिने भन्दै बालिकाहरूलाइ यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । टोखा नगरपालिका(९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका(६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङले नयाँबसपार्कमा रहेका बिभिन्न होटल तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेका थिए ।सोही सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्याबृत्ति तथा यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाहरुलाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो ।
पीडित बालिकाहरुलाई ५ महिनादेखि होटलरगेष्ट हाउसहरुबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्