ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै मन्त्रालयको बिफ्रिङ लिएँ, अब के गर्ने सौच्दै छु : प्रधानमन्त्री


ABC NEWS
पुस ५, २०८० बिहीबार   ८ : ०६   बजे

विराटनगर, ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको बिफ्रिङ लिइरहेको बताउँदै ६ वटा मन्त्रालयको सकिएको जानकारी दिएका छन् । विराटनगर विमानस्थलमा आजसाँझ संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने ‘सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु । अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो । अब टार्गेट दिइन्छ । त्यो अनुसार भएन भने सोच्नुपर्छ ।’
प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय, विकास निर्माणमा आफू सफल भएको बताउनुभयो । उनले भने ‘मिडियामा पनि पुरै नबुझि लेखिदिनुहुन्छ कि के गर्नुहुन्छ थाहा भएन । तर, सरकारले सामाजिक न्याय, मिटरब्याज पीडित, नागरिकता समस्या हल भयो । भ्रष्टाचार र सुशासनको पक्षमा यो लेबलको कहिल्यै छलफल भएको थियो ? भु–माफियाको विरुद्ध कदम चालिएको छ । अन्तराष्ट्रिय रुपमा पनि ऐतिहासिक रुपमा सफल छ ।’
प्रधानमन्त्री प्रचण्डले एनसेल काण्डमा पर्याप्त तथ्य तथ्याङ्कसहित आफूले संसदीय समितिमा कुरा राखिसकेको र विधि, विधान र कानूनभन्दा माथि कोही पनि नरहेको बताए ।‘यसलाई अनावश्यक कोट्याउन आवश्यक छैन । विधि, विधार र कानूनभन्दा बाहिर केही गर्न दिइँदैन । यसको बारेमा अनावश्यक कचिङ्गल र भ्रम सिर्जना गर्ने षड्यन्त्र असफल हुन्छ,’ प्रधानमन्त्रीले बताए ।
उहाँले आफ्नो पार्टीको नामबाट कम्युनिष्ट हटाउन लागेको भन्ने चर्चा सहि नभएको पनि जानकारी दिए । ‘कम्युनिष्ट पार्टीको नाम कहिल्यै पनि परविर्तन हुँदैन । खाली माओवादी केन्द्रको ठाउँमा समाजवादी केन्द्र पनि हुनसक्छ । भेला, सम्मेलन, अधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी समाजवादी भन्ने पनि हुनसक्छ । हामी छलफलमा छौं,’ उनले भने ‘संविधानले पनि समाजवाद भनेको छ भने समाजवादको भाव आउने नाम दिनु अहिलेको वस्तुसंगत हुन्छ भनेका छौं ।’
कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्नेमा उनले जोड दिए । ‘यो विषय सबै मिलेर छलफल गरेर संवादकै तरिकाले शान्तिपूर्ण ढंगले यसको समाधान गर्नुपर्छ । नामको विषयमा आन्दोलनमा जाने साथीहरुलाई पनि भेटेर कुराकानी गरेको छु । यसलाई एक्स्ट्रिममा जान दिनुहुँदैन भन्ने छ । अतिवाद तिर जान दिनुहुँदैन,’ प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

सम्बन्धित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group