काठमाडौं, ५ पौष । बुधबार राजधानीमा आयोजित क्रिसमस फेस्टिभलमा बोलेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती विवादमा परेका छन् ।
उनले क्रिश्चियन नमान्नेहरु संविधान विरोधी हुन् भनी दिएको अभिव्यक्तिको विभिन्न राजनीतिक दलका नेताले आपत्ति जनाएका छन् ।
मन्त्री किरातीले भने आफूले नेपालको संविधान मान्नेले सबै धर्म मान्नेलाई समान व्यवहार गुर्नपर्छ भन्ने अर्थमा त्यस्तो अभिव्यक्ति दिएको प्रष्टीकरण दिएका छन् ।
खासमा मैले कुनै पनि अतिवाद सह्य हुँदैन भन्ने अर्थमा भनेको हुँ । संविधान मान्ने हो भने हिन्दु, बौद्ध, क्रिश्चियन, किरात, मुस्लिम सबै धर्मलाई अस्तित्वको अर्थमा मान्न सक्नुपर्छ । किनभने संविधानले नै नेपाललाई बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक भनिसक्यो ।
त्यो नमान्नेलाई के गर्ने त रु संविधान नमान्नेलाई त सजाय हुन्छ नि । भड्काउनु चाहिँ किन पर्यो रु कोही पनि अतिवादमा फस्न हुँदैन । संविधानमा भएको अधिकार अनुसार सबै फूलहरु फक्रिन पाउनुपर्छ । सहिष्णुता काम गरौं ।
संविधान र कानुनले गर्ने हो कि । तर त्यो कानुनको वकालत गर्ने अधिकार हरेक नागरिकलाई हुन्छ नि । राजतन्त्र र निरंकुशतामा के हुन्थ्यो ? गणतन्त्रको ग उच्चारण गर्दा मृत्युदण्डै हुन्थेन रु लोकतन्त्रको ल उठाउँदा मृत्युदण्ड भाको होइन यो देशमा ?
कुनै पनि समाजमा अग्रगामीहरु त्यस्तै हुन्छन् । त्यति बेलाको युग थियो । यति बेला भएको भए त्यस्तै हुन्थ्यो । किनभने उहाँ ९क्राइस्ट० को पनि न्याय सद्भाव, समानताको कुरा छ ।
सीमान्तकृतको कुरा छ । त्यो भएर तुलना गर्दा अहिले भएको भए प्रचण्डजस्तै हुन्थे भनेको हुँ ।अलिक पहिला भएको भए बीपी कोइरालासँग तुलना गर्न मिल्थ्यो । त्योभन्दा अलिक पछि भएको भए मदन भण्डारीसँग हुन्थ्यो होला । अहिले प्रचण्डसँग हुन्छ ।
बिदाको कुरामा पनि तपाईं चिप्लिनुभयो । राज्यको जिम्मेवार मन्त्रीले क्रिश्चियनलाई बिदा मिलाउन कोसिस गर्छु भन्नु स्वभाविक होला, तर अरु धर्मका बिदा काट्नुपर्छ भन्नु सही हो ?
त्यहाँ उनीहरुले बिदाको कुरा निकै प्रमुख एजेन्डाका रुपमा उठाए । लोकतन्त्रमा सबैको अस्तित्व बराबर हो भने विदा पनि बराबर नै हुनुपर्छ । किनभने यो समानताको कुरा पनि हो । यो देशमा बिदा धेरै छ । सधैं बिदामा बसेर हुँदैन । कि त अरुको पनि बिदा कटाउँ, कि त तपाईंहरुको पनि थपौं भनेको मात्रै हो ।








प्रतिक्रिया दिनुहोस्