ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान


एबीसी न्यूज

काठमाडौ ५ पौष । कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएका छन् । जङ्गली हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन जडान गरिएका हुन् । तराई भूपरिधि कार्यक्रम तालले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती समितिसँग समन्वय गरी जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न साइरन जडान गरेको हो । ‘ताल’ कार्यक्रमका सहप्रबन्धक कमलराज राईका अनुसार सोभाताल, त्रिशक्ति तथा शुक्लाफाँटा मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने हात्ती प्रभावित क्षेत्रमा साईरन जडान गरिएका छन् ।

मध्यवर्ती क्षेत्रक्षेत्रअन्तर्गतका बेलौरी नगरपालिका–५, शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ मा साइरन जडान गरिएका हुन् ।यसैगरी त्रिशक्ति मध्यवर्तीअन्तर्गत पर्ने शुक्लाफाँटा नगरपालिका–१, २, ३, ४ र ५ मा पाँचवटा साइरन जडान गरिएका छन् । शुक्लाफाँटा मध्यवर्तीअन्तर्गत पर्ने मझगाउँलगायत क्षेत्रमा पाँच साइरन जडान गरिएका सहायक प्रबन्धक राईले बताए।

“जङ्गली हात्ती बस्ती प्रवेश गर्ने क्षेत्रको पहिचान गरी साइरन जडान गरेका छौँ”, उनले भने, “साइरनको स्वीच दबाउँदा आउने आवाजले स्थानीय बासिन्दा सचेत भई सुरक्षित तरिकाले बस्ने छन् भने यसबाट हात्तीका कारण हुने धनजन जोगाउन मद्दत पुग्छ ।”गत वर्ष चितवनमा पन हात्तीबाट प्रभावित माडी क्षेत्रका पाँच ठाउँमा साइरन जडान गरिएको सहायक प्रबन्धक राईले बताए। सो कार्य प्रभावकारी भएपछि कञ्चनपुरमा पनि साइरन जडान गरिएका हुन् ।

साइरनको आवाज झण्डै दुई किलोमिटर क्षेत्रमा सुनिने उनको भनाइ छ । कञ्चनपुरको चुरे क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा लालझाडी संरक्षित क्षेत्र जङ्गली हात्ती हिँडडुल गर्ने क्षेत्र हुन् । हात्ती हिँड्ने पुराना बाटा ९करिडोर० अतिक्रमणको चपेटामा परेका कारण हात्तीले बर्सेनी बस्तीमा पसेर जनधनको क्षति गर्दैआएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com