ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म बढेर नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब पुग्यो


एबीसी न्यूज

काठमाडौ ३ पौष । नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार गएको असार अन्तिममा २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको ऋण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसमध्ये आन्तरिकतर्फ ११ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । वैदेशिकतर्फको ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

साउनदेखि मङ्सिरसम्मको पाँच महिनामै सरकारले एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । जसमा आन्तरिकतर्फ एक खर्ब ११ अर्ब ३१ करोड र वैदेशिकतर्फ १९ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

साउनदेखि मङ्सिरसम्म सरकारले साँवा र ब्याज गरेर ५९ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी पनि गरेको छ । राजस्वसहितका आम्दानी घट्दा सरकारले ऋण लिएर खर्च गरिरहेको छ ।महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वषको पाँच महिनामा सरकारले कुल तीन खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ । तर खर्च भने चार खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । सरकारको आम्दानीभन्दा खर्च धेरै हुँदा ऋण लिएर खर्च चलाउने अवस्था आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com