काठमाडौं, ३ पौष । नेकपा एमालेका सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न सरकारी सिमेन्ट उद्योग बन्द गराउने खेल भएको बताएका छन् ।
मंगलबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै सिमेन्ट उद्योगमा विज्ञ नेतृत्व नहुँदा व्यवसायिक योजना नभएको उनले बताए ।
“सम्बन्धित विषयमा विज्ञ मात्र सोही क्षेत्रमा पठाऊ । अहिले हेटौँडा सिमेन्टको महाप्रबन्धक कृषिको विज्ञ हुनुहुन्छ,” उनले भने, “राजनीतिक स्वार्थ राखेर उद्योगको विकास हुँदैन ।”
अहिले सरकारले उद्योग बन्द हुने स्थितिमा पुग्नुमा स्वार्थ समूह हाबी हुन पुगेको उनले बताए ।
“अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगमा साढे दुई लाख बोरा स्टक छ । बजारमा किन पठाइएन रु उत्पादन क्षमता भएन भनेर किन हात बाँधेर बस्छौँ हामी रु,” उनले भने ।
निजी कम्पनीले सिमेन्टको कच्चा पदार्थ उत्पादन हुने खानी राजनीतिक नेतृत्वको आडमा हडप्न खोजेको पनि उनले बताए । आवश्यक परेको समयमा सबै बाहिर ल्याउने उनले बताए ।








प्रतिक्रिया दिनुहोस्