काठमाडौं, ३ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले एनसेलको सेयर खरिद बिक्री प्रक्रियामा थाहा नभएको भन्दै पन्छिन खोजेको आरोप लगाएपछि प्रधानमन्त्रीले नै सांसदहरुमाथि प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका प्रधानमन्त्रीले यस्तो प्रश्न गरेका हुन् ।
“मलाई दुवईमा भनेर सुख पाइन्छ भन्नुभयो,” प्रधानमन्त्रीको भनाई थियो, “एनसेलले दूरसञ्चार प्राधिकरणलाई सोध्ने वा आधिकारिक च्यानलमा पसेकै छैन । कसरी थाहा पाउने मैले रु त्यसो भए नेपालमै हुनुभएको तपाईं सांसदहरुले किन थाहा नपाएको रु”
उनले आफूले पनि मिडियाबाट थाहा पाएको उल्लेख गर्दै सरकारी निकायलाई थाहा भएर आफूले थाहा नपाएको भए अचम्म मान्नुपर्ने बताए ।








प्रतिक्रिया दिनुहोस्