काठमाडौं, ३ पौष । कांग्रेसको गण्डकी प्रदेशको प्रथम सम्मेलनको ब्यानरमा राखिएको वाक्यलाई लिएर सभापति शेरबहादुर देउवा र प्रदेश सभापति शुक्रराज शर्माबीच भनाभन भएको छ ।
प्रदेशको सम्मेलनमा ब्यानरमा राखिएको वाक्यलाई लिएर दुई नेताबीच भनाभन भएको हो ।
सम्मेलनमा राखिएको ब्यानरमा ‘ईमान भएकाहरूलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेसी चरित्र पुनःस्थापित गरौँ’ भन्ने नारा राखिएको थियो ।
त्यसमा उल्लेख भएको ‘भ्रष्टाचारीबाट पार्टीलाई बचाऔँ’ भन्ने वाक्यका विषयमा दुई नेताबीच भनाभन भएपछि अहिले हरियो टेपले उक्त वाक्य टाँसेर कार्यक्रम सुरु गरिएको छ ।
दुई नेतासँगै रहेका कास्कीका एक नेताले दिएको जानकारीअनुसार त्यही वाक्यका विषयमा देउवा र शर्माबीच निकैबेर भनाभन भएको थियो ।
-1702970997.jpg?timestamp=1702971017725)








प्रतिक्रिया दिनुहोस्