काठमाडौ १ पौष । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाण्डौको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ ।२५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।यस्तै, हिजै अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्