ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदीप ज्ञवाली- युवाकेन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा


एबीसी न्यूज

काठमाडौं, २९ मंसिर ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवाकेन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताएका छन् । पार्टीको महाकाली–मेची संकल्पयात्राअन्तर्गत शुक्रबार तेह्रथुमको वसन्तपुरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

युवाकेन्द्रित कार्यक्रम ल्याउन नसके केही समयभित्रै गाउँहरू रित्तिने र शिक्षा र स्वास्थ्य क्षेत्रमा झनै ठूलो संकट पैदा हुने अवस्था यात्राका क्रममा आफूहरूले अनुभव गरेको उनले उल्लेख गरे ।

उनले राजधानीमा बसेर सत्ताको भागबन्डा छोडेर जनतामाझ आउन र उनीहरूका समस्या समाधान गर्न आग्रह गरे । परिवर्तनपछि पनि जनतामा ठूलो पीडा यथावत् रहेको भन्दै उनले सबै राजनीतिक दलहरूले स्थानीयको अवस्था परिवर्तनका निम्ति स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।

“।।।युवाकेन्द्रित कार्यक्रम ल्याउन जरुरी देखियो । नभए विस्तारै गाउँहरू, बस्तीहरू युवाविहीन हुने अवस्था रहेछ । विद्यालय कतिपय ठाउँमा रित्तिँदै गएका छन् । जलवायु परिवर्तनका असर बढी देख्यौँ । खानेपानीको मुहान सुक्ने, हिउँहरू पग्लिरहेको देख्यौँ,” उनले भने, “हिमालहरू कालो पहाड बन्दै गएको, ठूला पहिरो गएको छ । अन्य दलहरूलाई पनि राजधानीमा बसेर सत्ताको वाक्कदिक्क लाग्दो लुछाचुँडी र भागबन्डा छोडेर जनतामा आउनुस्, जनतामा ठूलो पीडा छ । सबैले स्वस्थ प्रतिस्पर्धा गरौँ ।”

उपमहासचिव ज्ञवालीले पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरूको ठूलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com